डोलेश्वरमा श्रावणी मेलाको तयारी

डोलेश्वरमा श्रावणी मेलाको तयारी
भक्तपुर, असार ३१ गते
केदारनाथको शिर डोलेशवर महादेवमा श्रावणी मेला २०८१ व्यवस्थापन सम्बन्धि आज पत्रकार सम्मेलन आयोजना गरेको छ । श्रावण महिनाभर विशेष गरी सोमबार र शनिबारमा हुने मेलाको व्यवस्थापनको तयारी बारे जानकारी दिदै केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सूर्यबिनायक नगरपालिका(८, भक्तपुर, श्रावणी मेला २०८१ तयारी मूल समिति प्रेस विज्ञप्ती जारी गरेको छ ।


डोलेश्वर मन्दिरमा भक्तजनहरुबाट मासिक रु २ लाख आम्दानी भइरहेको मध्ये ४० प्रतिशत नेपाली र ६० प्रतिशत आइसी पैसा भएको उल्लेख गर्दै बढ्दो धार्मिक पर्यटकहरुको व्यवस्थापनमा व्यापक स्वयम्सेवक परिचालन गरेको पनि जानकारी गराएको छ । मन्दिर परिसरलाई क्रमिकरुपले परम्परागत शैलीमा सजाउन थालेको जानकारी दिदै बढी भन्दा बढी भक्तजनहरुलाई सजिलै डोलेश्वर महादेवको दर्शन गराउने तयारी भएको जनाएको छ । सो अवसरमा जारी प्रेस विज्ञप्ति