लोकेश्वर साकोसमा Bold Text Writing तालिम सम्पन्न

लोकेश्वर साकोसमा Bold Text Writing तालिम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा भएको एक हप्ते Bold Text Writing तालिमको समापन कार्यक्रम भनपा साविक वडा नं. १५ का पुर्व वडाअध्यक्ष्ँ रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा खर्बुजाले सहकारीबाट विद्यार्थीहरुको जीवनउपयोगि तालिम दिएकोमा खुसी व्यक्त गर्दै सिकेको ज्ञानलाई प्रमाण–पत्रको रुपमा मात्र सिमित नराखी नियमित प्रयोगमा ल्याउन सके सार्थक हुने बताउनु भयो । मानिसको जीवनमा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने अवस्था आइराख्ने कुरा तर्फ इड्ढित गर्दै अतिथि खर्बुजाले तालिमको महत्व त्यस्तो अवस्थामा हुने औल्याउनु भयो ।


संस्थाका अध्यक्ष राजन जतिले संस्थाले समुदायमा केन्द्रमा राखेर विभिन्न गतिविधिहरु गर्दै सहकारी अगाडी बढेको बताउनु भयो । तालिममा प्रशिक्ष्ाँर्थीहरुबाट नै सिकेको अनुभुति हुने गरी सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो । सामाजिक दायित्वको रुपमा विद्यार्थीहरुले समुदायमा प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयहरु तथा संस्थाहरुमा चाख दिदै गएमा समाज सकारात्मक दिशा तर्फ अगाडी बढ्न टेवा पुग्ने औल्याउनु भयो । साथै तालिममा सिकेका सिपहरु धेरै क्षेत्रमा प्रयोग गर्न सकिने भएकोले प्रशिक्षार्थीहरुले त्यसको लाभ उठाउनु सक्नु पर्ने बताउनु भयो ।


संस्थाका संचालक सचिव एवं उप–समितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त तालिममा प्रशिक्षक इन्द्रभक्त पंच, उपसमिति सदस्य कल्पना द्योपाला तथा प्रशिक्षार्थीहरु भौरभ मानन्धर, एन्जल बाटी र युनिका कोजुले पनि बोल्नु भएको थियो । तालिमको प्रतियोगिता चरणमा भएको प्रतिस्पर्धामा प्रशिक्षार्थीहरु क्रिष्टल गारु प्रथम, प्रिन्सा पक्का दोश्रो, मञ्जिला फा“जु तेस्रो तथा निश्चल नापित सान्त्वना हुन सफल भयो । २०८१ असार २३ गतेबाट भएको तालिममा १४ जना प्रशिक्षार्थीहरु रहेको जानकारी उपसमितिका सदस्य कल्पना द्योपालाले जानकारी दिनुभयो ।