विश्व वातावरण दिवसको अवसरमा चाँगुनारायणमा हरित प्रदर्शनी

विश्व वातावरण दिवसको अवसरमा चाँगुनारायणमा हरित प्रदर्शनी
भक्तपुर, जेष्ठ २३ गते
विश्व वातावरण दिवस विभिन्न जनचेनतामूलक कार्यक्रमहरु आयोजना गरि मनाइ रहँदा चाँगुनारायण नगरपालिका परिसरमा हरित प्रर्दशनी आयोजना गरेको छ । स्थानीय महिला उद्मीका उत्पादनहरुलाई प्रर्वधन गर्ने उदेश्यका साथ विश्व वातावरण दिवसको अवसरमा सो प्रदर्शनी आयोजना गरेको हो । विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गदै नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरेको सो हरित प्रर्दशनीमा स्थानीयय हस्तकलाका सामग्री, घरबुना लता कपडा, अचार, प्रांगारिक मल्ल प्रदर्शनी तथा विक्रि कक्ष राखेको थियो भने एन्फो, युएसएड जस्ता संघ संस्थाहरुले बढ्दो शहरीकारणमा पनि सन्तुलित वातावरणकालागि जल, वायु सम्बन्धि सचेतनामूलक प्रदर्शनीका साथै खानेपानीको परीक्षण एवं सवारी साधनको प्रदुर्षणको मापन समेत गरेको थियो । प्रदर्शनीको अवलोकन गर्दै उपप्रमुख रमेश बुढाथोकीले जुन ५ को एक दिन मात्र विभिन्न कार्यक्रम गरी वातावरणीय चिन्ता व्यक्त गरेर नपुग्ने भन्दै हरेक दिन वातावरण संरक्षणकालागि नगरवासीले समय दिनुपर्नेमा जोड दिदै उहाँले वातावरण मैत्री महिला उद्यमशिलतालाई नगरपालिकाले जोड दिदै आएको बताए ।


चाँगुनारायण क्षेत्रको खानेपानी तथा सरसफाईमा ३ वर्षे परियोजना सञ्चालन गर्दै आएको वातावरण तथा स्वास्थ्य संस्था एन्फोका सिनियर प्रोग्राम अफिसर प्रशन्न प्रधानले नगरको सरसफाई, पानी सुद्धिकरणसँगै वायु प्रदुर्षण न्यूनिकरणमा पनि कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उहाँले बढ्दो शहरी करणलाई ध्यान दिएर व्यवस्थित वस्तीकालागि सरसफाई, खानेपानीको स्वच्छता बारे जनचेतनामूलक गतिविधिका साथ हरित प्रदर्शनीमा स्तल राखिएको बताए । उहाँले विश्व वातावरण दिवसको अवसरमा तीन दिनसम्म नगरवासीको खानेपानीको गुणस्तर परिक्षण शिविर पनि सञ्चालनमा ल्याएको बताए । खानेपानी सरसफाई तथा स्वच्छता साखाका प्रमुख सुरेन्द्र लामिछानेले हाम्रो र्‘हाम्रो धति, हाम्रो भविष्य’ नाराका साथ विश्व वातावरण दिवसको अवसरमा आयोजित हरित प्रदर्शनी सोचेको भन्दा राम्रो र उत्कृष्ठ रहेको उल्लेख गर्दै प्रदर्शनीको नगरवासी तथा विभिन्न विद्यालयका हजारौं बालबालिकाहरुले अभिरुचिपूर्वक अवलोकन गरेको बताए ।