स्काई ग्रुपको व्यापार प्रवद्र्धनको लागि बृहत भेला
२७ जेठ २०७९, काठमाण्डौ ।
भक्तपुरका प्रतिष्ठित व्यापारीहरुको सामूहिक प्रयासमा शुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रहरुका स्थापित व्यवसायीहरुलाई समाबेश गरी बृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्र्दै अघि बढ्ने प्रण गरेको छ । देशका विभिन्न जिल्लाहरु जस्तै काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुर लगायत अन्य विभिन्न स्थानका करिब एक सय व्यवसायीहरुले यस कम्पनीमा सहभागिता जनाएका छन् ।
कम्पनीका अध्यक्ष श्री कृष्ण प्रसाद अवालले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु कम्पनीको मुख्य उद्देश्य रहेको कुरा राख्नु भयो । त्यस्तै कम्पनीका प्रमुख सल्लाहकार श्री युवक राजभण्डारीले कार्यक्रममा बोल्दै देशभरका उद्यमी व्यवसायीहरुलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने उद्देश्य लिएको कम्पनीमा धेरै क्षेत्रका अनुभवी व्यक्तिहरुको संलग्नताले कम्पनी मजबूत भएको बताउनु भयो । हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर शुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ्ग, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरुमा लगानी गर्ने लक्ष लिएको कुरा कम्पनीका सञ्चालक श्री शिव प्रसाद मानन्धरले बताउनु भयो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष श्री रबि सिंह, बरिष्ठ हास्य कलाकार श्री मदन कृष्ण श्रेष्ठ, सल्लाहकार श्री बिकास बज्राचार्य, सल्लाहकार श्री अजय पाण्डे, सञ्चालक श्री अनिल साह, प्रमुख कार्यकारी अधिकृत श्री उमेश बरालले पनि आ–आफ्नो विचार राख्न् भएको थियो । साथै कार्यक्रमका प्रायोजकहरु अम्बे स्टिल्स् र पाल्पा सिमेन्टको प्रस्तुतिकरण पनि गरिएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












