विगत ५ दिन देखि लागेको डढेलो नियन्त्रणमा

विगत ५ दिन देखि लागेको डढेलो नियन्त्रणमा
भक्तपुर, बैशाख १७ गते
धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले महत्वपूर्ण मानिने भक्तपुरको सूर्यविनायकका बनहरुमा लागेको डढेलो नियन्त्रणमा आएको छ । विगत ५ दिन देखिको अर्थक प्रयासपछि आज दिउँसो नियन्त्रणमा आएको बारुद्ध यन्त्र भक्तपुरले जनाएको छ । यद्यपी डढेलो लाग्न सक्ने भन्दै सो क्षेत्रमा एउटा डम्कल तयारी अवस्थामा राखिएको अग्निनियन्त्रक सानुराम दाहालले जनाएको छ । चैत्र, बैशाखको गर्मीयाममा विगतका वर्षमा छिटफुटरुपमा मात्रै डढेलो लग्ने यस क्षेत्रमा यस वर्ष कहिल्यै नलागे जस्तै भयकर डढेलो लागेको भन्दै स्थानीय प्रत्यक्षदर्शीहरुले आगो नियन्त्रणकालागि विगत ५ दिन देखि दिनरात खत्न् परेको बताए ।


धन्न घर गोठ छोएन, हामी बाच्यौं, बन्यजन्तु चाराचुरुङ्गिहरु बिचलित भए, अमूल्य बनस्पति, जडिबुटीहरु नष्ट भए स्थानीयहरु बताउँछन् । पर्यटकीय स्थलको रुपमा विकास हुदै आएको बन क्षेत्रमा नियमनको कमीले मानविय त्रुटिकै कारण डढेलो लागेको बारुद्ध यन्त्र भक्तपुरका अग्नियिन्त्रक बालकुमार न्हेम्हाफुकिको निष्कर्ष छ । जानाजान बनमा डढेलो लगाउने दुई जनाको पहिचान समेत प्रहरीले गरिसकेको उल्लेख गर्दै उहाँले घुम्न आउने मानिसहरु एवं स्थानीय समुदायमा डढेलो बारे सचेतनाको कमीले यस्तो खालको विपति निम्तिएको चर्चा गर्दै अचेल सामुदायिक बन र प्राणि उद्यान बन क्षेत्रहरुमा समेत स्याउला, सुकेका पाट र डाउरा संकलन गर्न रोक लगाएकाले डढेलो झन भयंकर फैलिएको उहाँको बुझाई छ ।
पाइटलबाबाको फेडबाट गत ५ दिन अगाडीबाट लोगेको डढेलो नियन्त्रणकालागि भक्तपुर बारुद्ध यन्त्रको एउटा डम्कल, होटल ध्यम्पेडाडाको ट्यांकर, डिभिजन बन कार्यालयका कर्मचारीहरु, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दाहरुको सक्रिय सहभागिता रहेको छ । दम्कलको फोहरा दुई सय मिटर भन्दा भित्र जान्न नसकिने भएकाले बनमा लागेको आगो नियन्त्रण गर्न चुनौति रहेको पनि अग्निनियन्त्रकहरुको भनाई छ । भक्तपुर बारुद्ध यन्त्रका २४ जना अग्निनियन्त्रकहरु मध्ये दुई सिफ्टमा बन क्षेत्रका लागि एउटा डम्कल सहित परिचालन भइरहेको छ।