भक्तपुर । पोखरामा कृयाशील समाजिक अभियन्ताहरुको तीन दिवसीय सम्पदा अबलोकन भ्रमण बैशाख १४ गतेदेखि सुरु भएको छ । वातावरणीय सरसफाइ, व्यवस्थित सहर र सम्पदा संरक्षणमा काठमाडौ, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको भुमिका अध्यायनका लागि भ्रमणको आयोजना गरिएको वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले जानकारी दिनुभयो । शुक्रबार बिहान ७:३९ बजे पोखरा – ७ शान्ति नगर स्थित नागरिक समाजको कार्यालयदेखि नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको नेतृत्वमा चालक सहित १६ जनाको टोलि काठमाडौ प्रस्थान गर्नुभएको हो । साझपख काठमाडौ पुगेको टोलिले बसन्त पुरको ऐतिहासिक सम्पदा अवलोकन गरिएको संयोजक लालचनले जानकारी दिनुभयो । शनिबार भक्तपुर, ललितपुर र हनुमान ढोकामा अबलोकन गारिइनेछ भने, आइतबार पोखरा फर्किने कार्यक्रम रहेको छ ।
















