सरोकार समितिको दुवाकोट प्रहरीमा धर्ना जारी, चानपाले ५० हजारसम्म जरिवाना गर्न सक्ने !
भक्तपुर, भाद्र ४ गते
निलबाराही संरक्षण सरोकार समितिले दुवाकोट प्रहरी चौकीमा धर्ना कार्यलाई निरन्तरता दिएकोछ । सोमबार श्रमदानको क्रममा दुवाकोट प्रहरीले माटो ओर्सान प्रयोग भएको डोजरको साँचो खोसेको फिर्ता नदिएको भन्दै सो चौकीमा निरन्तर धर्ना दिदै आएको अभियान्ताहरुले जनाएको छ । पचासौं हजारले श्रमदान गरी काठमाण्डौ उपत्यकाकै महत्वपूर्ण बाराहीको रुपमा रहेको निल बाराही संरक्षण अभियानलाई व्यवास्था र अममानित गरि डोजरको साँचो खोसेकोले साँचो फिर्ता नदिएसम्म धर्ना जारी राख्ने भन्दै आज पनि धर्नालाई निरन्तरता दिएको सरोकार समितिको भनाई छ सोमबार देखि दिन रात निरन्तर धर्ना दिइ आएको भन्दै अभियान्ता निशुल प्रजापतिले चाँगु नारायण नगरपालिकामा आज सार्वजनिक विदा परेकोले थप छलफल हुन नसक्ने भएको तथा निल बाराही क्षेत्रमा एक जना अपरिचित व्यक्तिले आत्महत्या गरेकाले पनि श्रमदान बारे थप कुरा गर्न नसकेको चर्चा गर्दै प्रहरी चौकीमा धर्ना दिने कार्य भने जारी राखेको बताए ।
निल बाराही संरक्षण सम्बन्धी सरोकारवालाहरुको धर्ना कार्यक्रम जारी रहँदा नगरपालिकाले हिजो सरकारी योजना सार्वजनिक गरेकोप्रति पनि सरोकार समितिको असहमति रहेको बताए । साँस्कृतिक सम्पदामा सिमेन्टको प्रयोग भन्दा प्राकृतिक रुपले संरक्षणको आवश्यकता रहेको चर्चा गर्दै उहाँले सरकारी आयोजना परिमर्जन गर्न आवश्यक भएकोमा जोड दिएका थिए ।
यता दु्वाकोट प्रहरी चौकीले भने अबैदरुपमा माटो उत्खनन गरी रहेको भन्दै डोजरका साँचो खोसेर चाँगुनारायण नगरपालिकालाई सोमबारै बुझाएको बुझिएको छ । तर अभियान्ताहरुले भने पहिरो जानलागेको सम्पदा संरक्षणमा स्थानीय तह र प्रहरीको पनि दायित्व रहेको तथा आफूहरुले त्यस्तो कुनै अबैद्ध माटो उत्खन्न नगरेको एक जना जग्गाधनीको खेतमा जम्मा गरि राखेको माटो मात्र ओसारेर निलबाराहीको पहिरो रोकथाम कार्यमा प्रयोग गरिएको जनाएको छ । प्रहरीले निल बाराहीको पहिरो रोकथामलाई नहेरी जेसिवी र चालक मनोज पहरीलाई नियन्त्रणमा लिएर कार्वाहीकोलागि चाँगुनाराण नगरपालिकालाई पत्राचार गरेको थियो । यहि विवादमा अभियान्ताहरुले निशर्त डोजरको साँचो फिर्ता गर्न माग गर्दै सम्पदा अभियन्ताहरुलाई झुठामुदालगाएर श्रमदाताहरुको अपमान नगर्न आग्रह गर्दै आएको छ ।

अबैद्ध खानी तथा माटो ओसार प्रसार गरेको खण्डमा एकपटकलाई रु. ५० हजारसम्म जरिवाना हुन सक्ने भन्दै चाँगुनारायण नगरपालिका राजश्व शाखाका विष्णुहरी आर्चायले सो जेसिबी निल बाराही पहिरो संरक्षणमा प्रयोग भएको आफूहरुलाई जानकारी नभएको दुवाकोट प्रहरीले अबैद्ध रुपमा माटो उत्खन्न गरेको भनि पत्र सहित डोजरको साँचो बुझाएको पुष्टि गरेका छन् ।
सो बारेमा स्थानीय जनप्रतिनिधीहरुले भने सम्पदा संरक्षणमा आफुहरुको विरोध नभएको र श्रमदान कार्य प्रशंसनीय रहेको बताका छन् यद्यपी नगरपालिकाको नीतिगत व्यवस्था बारे नगरस्तरमा छलफल गरेर समाधन गर्न पहल हुने चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष एवं वन वातावरण तथा विपद् समितिका संयोजक सोम प्रधानले जनाएको छ ।














