समाजवादी गणतन्त्रनै शहीदको सपना हो – सांसद प्रेम सुवाल

समाजवादी गणतन्त्रनै शहीदको सपना हो – सांसद प्रेम सुवाल

२०८० फागुन ८ गते मंगलबार ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले समाजवादी गणतन्त्र नै शहीको सपना हो भन्नुभयो ।

नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समिति भक्तपुरको आयोजनामा भएको मंगलबार सम्पन्न ३३ औं शहीद दिवस कार्यक्रममा प्रमुख अतिथि सुवालले अन्तर्राष्ट्रिय इतिहासबारे बताउ“दै बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकामा भएको स्वतन्त्रता आन्दोलनमा कामदार वर्गका जनताको हित नभएको उल्लेख गर्नुभयो । उहा“ले नेपालमा पनि २०४६ सालमा भएको जनआन्दोलनपश्चात ठूला पार्टीका नेताहरु मन्त्री भएको तर शहीदहरुको सपना अनुसार कामदार जनताको हितमा उपलब्धी हासिल हुन नसकेको बताउनुभयो ।

नेपालका कम्युनिष्ट नाम गरेका ठूला पार्टीहरु वास्तविक कम्युनिष्ट नभएको स्पष्ट पार्दै उहा“ले निःशुल्क शिक्षा, स्वास्थ्य, कृषिमा आत्मनिर्भरता र देशको सन्तुलित विकास नहुने पूँजीवादी गणतन्त्रले कामदार वर्गको हित नगर्ने बताउनुभयो । शासक दलहरुले नेपालमा विदेशी लगानी बढाउनु भनेको देश विदशीको हामतमा बेच्नु सरह हो, देशलाई उपनिवेश बनाउनु हो भन्दै जनताले विदेशी पू“जीको विरोध गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि अगाडि बढुनु नै मात्रै शहीदको सपना साकार पार्नु हो भन्नुुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजको क्रान्तिरकारी परिवर्तनका निम्ति काम गर्दा गर्दै आप्mनो ज्यान आहुती गर्नेहरुलाई मात्र शहीद भएको बताउ“दै सरकारले जथाभावी शहीद घोषणाले शहीदको अपमान भएका बताउनु भयो । उहा“ले २०४६ सालको जनआन्दोलनपश्चात पंचायती व्यवस्था समाप्त भए पनि नया“ रुपमा पञ्चहरुले नै शासन र शोषण गरिरहेको बताउनु भयो ।

नेपालको राजनीति भारतीय शासक वर्गको इशारामा चलिरहेको हु“दा शहीदको सपनामाथि कुठाराघात भइरहेको उहा“ले बताउनुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ, भक्तपुरका अध्यक्ष एवं बागमती प्रदेश सभासद् सृजना सैंजूले २०४६ सालको जनआन्दोलन नेपालको लागि इतिहास हो भन्नुहु“दै प्रजातन्त्र स्थापनाको ३ दशक वितिसक्दा पनि देशमा प्रजातन्त्रको अभाष हुन नसकेको बताउनुभयो । उहाँले अहिले देशका युवाहरु विदेशिने क्रम बढ्दो रहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै ७० लाख भन्दा बढी युवा जनशक्ति विदेशमा हुँदा देशको शिक्षा, विकास निर्माण तथा उत्पादन लगायतका धेरै क्षेत्रमा प्रत्यक्ष असर परेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघका सचिव एवं भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष एवं भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, शहिद परिवारकातर्पmबाट रचना सुवाल, जनआन्दोलनका घाइते राजेन्द्र दुमरु, नेपाल क्रान्तिकारी किसान संघका जिल्ला समिति सदस्य गंगाराम ज्याख्वले शहिदहरुको योगदान र देशको वर्तमान परिस्थितिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।