मुक्ति संगितले गरे रक्तदान, निःशुल्क रगत वितरणमा जोड

मुक्ति संगितले गरे रक्तदान, निःशुल्क रगत वितरणमा जोड
भक्तपुर, मंसिर ८ गते
मुक्ति संगित प्रशिक्षण केन्द्र भक्तपुरले आज भक्तपुरको तौमढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमका प्रमुख अतिथी नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले अहिले रगतको माग र पूर्तिको व्यवस्थापनमा सुर्धानुपर्ने उल्लेख गर्दै निःशुल्क दान गरेको रगतको पैसा तिरेर मात्रै लिन पाउने परम्परा गलत भएको बताए । विरामीले रगत पाउन कुनै झन्झत बेहोर्न नरोस्, रगत निःशुल्क पाउनुपर्ने(पैसा तिर्नुपर्ने प्रावधान हत्नुपर्ने ) र रक्तदातालाई उत्प्रेरणा दिने अभियान सञ्चालन गर्दै आएको सो समाजले देशका विभिन्न जिल्लाहरुमा ७० वटा स्वय्मसेवी रक्तदाता समाज गठन गरिसकेको उहाँले बताए ।


भक्तपुर जिल्लाका स्थानीय तहहरुले जस्तै हरेक नगरपालिका, प्रेदश र केन्द्र सरकारले पनि रक्तसञ्चार सेवालाई व्यवस्थित पार्न तथा निःशुल्क रुपमा वितरण गर्न समाजले सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । यद्यपी अहिले ३५ प्रतिशत रगत मात्रै विरामीले उपयोग गर्न सकेको र अरु रगत कहाँ जान्छन्? थाहा नभएको भन्दै समाजका केन्द्रीय अध्यक्ष कंसाकारले स्वय्मसेवी रक्तदाताले दिएको रगत खेर जानदिन नहुनेमा जोड दिएका छन् । भक्तपुर स्वय्मसेवी रक्तदाता समाजका अध्यक्ष सुमित बालाले रक्तदान र वितरणलाई व्यवस्थित पार्न सकेको भए अहिले भइरहेको रक्तदानबाटै विरामीहरुलाई पर्याप्त रगत पुग्ने धारणा राख्दै यसलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थामा कमजोरी रहेको भन्दै यथोचित कानूनी व्यवस्थाकोलागि जोड दिनुपर्ने बताए ।
केन्द्रका सञ्चालक मुक्ति सुन्दर जधारीले सो अवसरमा प्रत्येक १८ वर्ष पूरा भएका नागरिकले हरेक ३।३ महिनामा रक्तदान गर्न सकिने अभियानलाई जोड दिदै मुक्ति संगित प्रशिक्षण केन्द्रले यस पटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए । सधै कला संस्कृति प्रवर्धनमा लागि रहने केन्द्रले यस वर्ष नेपाल स्वाय्मसेवी रक्तदाता समाज, नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा र स्वातन्त्र पत्रकार संघको मिडिया पार्टनरमा सो रक्तदान कार्यक्रम आयोजना भएको बताए ।