२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरमा कृत्रिम घटना अभ्यास
भक्तपुर, माघ २ गते
२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनचेतनामूलक प्रभातफेरी तथा कृतिम घटना पूर्वाभ्यास गरेको छ । भक्तपुरको दत्तात्रय मन्दिरपरिसर देखि तौमढीसम्म भूकम्पीय सुरक्षा बारे व्यानर र प्लेकार्ड सहित प्रभात फेरी गर्दै तौमढीमा भूकम्प आउँदा विद्यालय कक्षाबाट कसरी सुरक्षत रुपले बाहिर आउने?, भूकम्पले घर सम्रचना भत्किदा थिचिएका पुरिएकाहरुको उद्धार, प्राथमिक उपचार तथा स्वास्थ्य उपचार गर्ने तरतरिकाहरुको जानकारी दिदै उद्धार उपकरहरुको प्रदर्शनी गर्दै कृतिम घटना पूर्वाभ्यास कार्यक्रम आयोजना गरेको छ ।









भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधी, नेपाल सरकारका विभिन्न कार्यालयका कर्मचारीहरु, रेडक्रस भक्तपुर सहित विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु बीच भएको प्रदर्शनीमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भूकम्प, आगलागि बाढी पहिरो जस्तो विपद्हरुबाट धनजनको क्षति न्यूनिकरण गर्न व्यापक जनचेनतामूलक गतिविधिको आवश्यकतामा जोड दिदै विपद् प्रतिकार्यमा समूदाय सक्षम नभएसम्म बहुविपदहरुबाट समुदाय सुरक्षित हुन नसक्ने बताउनु भयो ।
प्राकृतिक एवं गैर प्राकृतिकरुपले नेपाल उच्च बहु विपदिय जोखिममा रहेको सन्दर्भलाई जोड्दै उहाँले भवन सहिता पूर्णरुपमा कार्यान्वयन गरेर भूकम्पीय जोखिम न्यूनिकरण गर्न समुदाय आफै पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्यालले भूकम्प जस्तै विपद्बाट समुदायलाई सुरक्षित राख्न विपद्उठानशिलताका योजनाहरु सरकारका तीनै तहहरुबाट भइरहेको बताउनु भयो । विपद् प्रतिकार्य योजनाबद्ध रुपले कार्यन्वयनमा रहेको उल्लेख गर्दै उहाँले विपद्बाट सुरक्षित व्यवहारका लागि देशभर २७ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गर्दै मनाइ रहेको बताउनु भयो ।













