भक्तपुरमा पहिलो दिन ११ जना प्रमुखकाआकांक्षी देखियो

भक्तपुरमा पहिलो दिन ११ जना प्रमुखकाआकांक्षी देखियो
भक्तपुर, बैशाख ११ गते
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले मेयर पद्का लागि उम्मेदवारी दर्ता गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम दर्ता गर्ने पहिलो दिनमा जिल्लाका ४ वटा नगरपालिकाहरुमा ११ जना प्रमुखका आकांक्षिहरुले सम्बन्धित नगरपालिकाको निर्वाचन कार्यालयमा नाम दर्ता गरेका हुन । यसरी नाम दर्ता गर्नेहरुमा भक्तपुर नगरपालिकाको निर्वाचन कार्यालयमा आज ३ जना प्रमुख, १ जना उपप्रमुख र ८ जनाले वडाअध्यक्ष पढ्का लागि नाम दर्ता गराएका हुन भने मध्यपुर थिमी नगरपालिकाको निर्वाचन कार्यालयमा ४ प्रमुख १ उपप्रमुख १ वडाध्यक्ष र २ वडा सदस्यले नाम दर्ता गराएका छन् । यसै गरी चाँगुनारायण नगरपालिकामा २ प्रमुख १ उपप्रमुख २ वडाध्यक्ष र सुर्यविनायक नगरपालिकामा २ प्रमुख २ वडाध्यक्षले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जनाएको छ । न्यौपानेका अनुसार भक्तपुरमा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दलहरु आसन्न स्थानिय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्तामा रहेको छ ।


पहिलो दिनमा उम्मेदवारी दर्ता गर्नेको संख्या कम भएसँगै दोस्रो दिन हुल हुने आंकलन गर्दै भक्तपुरका प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले आचारसहिता पूरा गरी आउनेलाई उम्मेदवार दर्ताका लागि भोलि विहान देखि नै कर्मचारी परिचालन गरिएको बताउनु भयो । हुल हुन नदिन कार्यालय समय अगाडीबाटै दर्ता प्रकृया थाल्न पनि तयार भएको बताउँदै उहाँले यस वर्षको स्थानीय तहको निर्वाचनलाई कम खर्चमा शान्तिपूर्ण सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयनमा जोड दिएको बताए । आज विहान मात्र पनि सल्लाघारीमा निर्वाचन प्रचार प्रसारको नाममा आचारसंहिता उलंघन भएको खवर पाउने वितिकै सो दललाई सचेत पारेको उल्लेख गर्दै गुनासो आउने बितिक्कै सुनुवाई गरी निर्वाचन मर्यादित रुपमा सम्पन्न गर्न १७ गतेसम्मको कार्यतालिका सार्वजनिक भइ सकेको उहाँले बताउनु भयो । निर्वाचनको शान्ति सुरक्षा प्रमुख जिल्ला अधिकारीले गर्ने र आफूले निर्वाचन सम्पन्न नभएसम्म भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका सम्पूर्ण निर्वाचन गतिविधिहरुको नेतृत्व आफैले गर्ने मुख्य निर्वाचन अधिकृत बास्कोटाले जनाएको छ ।