श्रमिक साकोसको २० औं साधारण सभाको अवसरमा जेष्ठ नागरिकहरु सम्मानित

श्रमिक साकोसको २० औं साधारण सभाको अवसरमा जेष्ठ नागरिकहरु सम्मानित
भक्तपुर, मंसिर २ गते
श्रमिक साकोसको २० औं साधारण सभाको अवसरमा जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । नेमकिपाका केन्द्रीय सदस्य एवं बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले जेष्ठ नागरिकहरुलाई सम्मानित गर्नु, उहाँहरुको अगाडी सांस्कृतिक नाँचगानहरु प्रस्तुत गर्नु पनि उहाँलाई उत्साह बढाउन र औषधी उपचार गर्नु सरह भएको चर्चा गर्दै सहकारी संस्थाले समाजका जेष्ठ नागरिकहरुलाई आदर निकेटन बनाउनु सह्रानिय कार्य भएको बताउनु भयो ।


सहकारीले वचत र ऋण तथा नाफा, घाटा मात्र हेर्ने नभई समाजलाई दिएको योगदानको चर्चा गर्न सके मात्रै साधारण सभा आयोजना गर्नुको महत्व झल्किने बताउँदै सांसद गोसाईले सहकारी संस्था समुदायमुखि नभए बैक तथा वित्तिय संस्थाहरु जस्तै हुने र सहकारीको अस्तित्व नरहने बताउनु भयो साथै उहाँले नेमकिपाको पहलमा ख्वप इन्जियिनरिङ्ग कलेज, ख्वप कलेज र ख्वप अस्पताल बनाउन एवं ख्वप विश्व विद्यालय बनाउन सहयोग गर्ने भन्दा खुट्टा तान्ने, जरा कात्ने मानिसहरु असल मित्र हुन नसक्ने स्पष्ट पार्नु भयो । गाजा माथि इजरायको आक्रमण निन्दनिय भएको उल्लेख गर्दै अमेरिकाको सहयोगमा प्यालेस्थानीहरु माथि निर्मम दमन भएकोमा भत्सना गर्नु भयो ।


कार्यक्रमका विशेष अतिथी भक्तपुर बचत संघका सचिव जगनाथ प्रजापतिले समुदायले कुन समुदायमा आधारित र कुन गैर समुदायमा आधरित सहकारी हो भन्ने कुरा नबुझ्दा जनताको अर्बै पेसा सहकारीको नाममा दुबेको उल्लेख गर्दै सहकारी संस्थालाई समुदायमुखि बनाउन संघले भूमिका खेल्दै आएको बताउनु भयो । कार्यक्रममा सहकारी समाजका महेन्द्र बखँुछे, श्रमिक साकोसका सल्लाहकार विकल प्रजापति, संस्थापक सदस्यहरु लक्ष्मीभक्त कवां, गणेशराम सुवाल, नारायणबहादुर दुवाल, कृष्णराम मचामसी, दिनेश ग्वाछा, साजन दुवाल, विश्वराम दुमरु सहित मित्र सहकारीहरुको तर्फबाट सुभकामना मन्तव्य व्यक्त गर्दै समुदायको आर्थिक, सामाजिक, सांस्कृति र विपन्न बर्गको उत्ठानकालागि सहकारीको गतविधिहरुमा सदस्य समुदायले साथ दिनुपर्नेमा जोड दिनु भयो ।
संस्थाका अध्यक्ष राजाराम गोसाईको सभापतित्वमा भएको सो साधारण सभाको अवसरमा आर्दश आजाद मावि र विभिन्न संघ संस्थाहरुको तर्फबाट साँस्कृतिक झाँकिहरु समेत प्रस्तुत गरिएको सो कार्यक्रममा संस्थाका ७० वर्ष पुगेका जेष्ठ सदस्यहरु तथा एसईई उत्तीण सदस्य र सदस्यका सन्ततीहरु एवं कलाकार तथा सहयोगिहरुलाई सम्मानित गरेको थियो ।