एलपी ग्यासमा कमिसन बढाएको प्रति उपभोक्त मञ्चले जनाए अपत्ति
काठमाण्डौ, फाल्गुण २१ गते
उपभोक्ता मञ्च नेपालले एलपी ग्यासमा कमिसन बढाएको प्रति आपति जनाउँदै आज एक प्रेस विज्ञप्ति जारी गरेको छ । मञ्चका प्रवक्ता उज्वलराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एलपी ग्यास उद्योगीले कमिसन बढाउनुपर्ने भन्दै आन्दोलन गर्ने धम्की दिएपछि मंगलबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलायले एलपी ग्यास उद्योगका पदाधिकारीहरूसँग ‘गलेर’ ग्यासको कमिसन बढाउने सहमति गरेकोमा उपभोक्ता मञ्च नेपाल को गम्भिर ध्यानाकर्षण भएको छ । मंगलबार भएको नयाँ सहमति अनुसार अब उद्योगीले एक सिलिन्डर ग्यास बजार पठाउँदा कमिसन बापत थप १२ रुपैयाँ ७५ पैसा जोडेर लगभग ४६ रुपैयाँ पाउनेछन् ।
उपभोक्ताले ग्यास खरिद गर्दा अहिले तिर्नुपरिरहेको प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँमा भने तत्कालका लागि केही हेरफेर न हुने भएता पनि भविष्यमा भने अहिले बढेको कमिसनलाई अन्ततः सरकार ले उपभोक्ताकै टाउकोमा थोपर्ने अनुमान सहजै लगाउन सकिन्छ । तसर्थ उपभोक्ता मञ्च नेपाल यो कमिसन वृद्धि को निर्णय तत्कालै फिर्ता लिन र उपभोक्ताको हक हित संरक्षण गर्ने तथा आम नागरिक लाइ सहुलियत दिने सवाल मा सरकार गम्भिर बन्न समेत जोड्दार माग गद्र्छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














