आत्महत्या रोकथामकालागि भक्तपुरमा कार्यदल गठन
भक्तपुर, पुस २५ गते
भक्तपुर । भक्तपुर जिल्लामा गत वर्ष ६६ आत्महत्याका घटना भएको उल्लेख गर्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले आत्महत्या रोकथाम तथा न्यूनिकरणकालागि जिल्ला स्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल गठन तथा अन्तिरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यालय प्रमुख शान्तिराम खतिवडाको सभपतित्वमा आयोजित सो कार्यक्रममा भक्तपुरका साहयक प्रमुख जिल्ला अधिकारी चिरंजीवि भण्डारीले सामाजिक रोगको रुपमा फैलि रहेको आत्महत्यालाई केलाएर यसको रोकथामकालागि सबैले आआफ्नो क्षेत्रमा भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । सो अवसरमा मनोचिकित्सक डा दुर्गा थापाले बिगतको आत्महत्याका घटनाहरुको समिक्षा गर्दै आत्महत्या गर्नेहरु मध्ये बढी मनोरोगी रहेको बताए । भक्तपुर अस्पतालकाले अन्तरक्रियामा प्रस्तुत गरेकोे तथ्यांक अनुसार जिल्लामा पछिल्लो आर्थिक वर्ष २०८०।८१ मा ६६ जनाले आत्महत्या गरेका थिए । तीमध्ये ५३ जनाले झुण्डिएर, १२ जनाले विष खाएर र एकजनाले आगो लगाएर आत्महत्या गरेका थिए । आत्महत्या गर्नेहरुमध्ये ४२ जना पुरुष र २२ जना महिला रहेको तथ्यांक छ । चालू आर्थिक वर्षको मंसिरसम्म भने जिल्लामा २६ जनाले आत्महत्या गरिसकेका छन् । तीमध्ये १५ जना पुरुष, नौ जना महिला, एक वालक र एक बालिका रहेका छन् । उमेर अनुसार ती आत्महत्या गर्नेहरुमध्ये दुई जना १६ वर्ष मुनिका रहेको तथ्यांक छ ।
जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अछामीले पनि आत्म हत्याका कारण र रोकथामका विषयवस्तुहरु प्रस्तुत गरेको सो कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीको अध्यक्षतामा भक्तपुर जिल्लास्तरीय आत्महत्या न्ुयुनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरेको थियो । कार्यदलमा जनस्वास्थ्य कार्यालय भक्तपुर, भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर चेम्वर अफ कमर्स, प्रहरी, पत्रकार, मनोचिकित्सकलगायतका सरोकारवाला संस्थाहरुका प्रतिनिधिहरु सदस्य रहेका थिए ।
नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल प्रहरीले राखेको तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्ष २०८०÷८१ को एक आर्थिक वर्षमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका थिए । यो ग्राफ क्रमिक रुपमा उकालो चढिरहेको छ । यद्यपि सन् २०३० सम्म आत्महत्यालाई न्युनीकरण गर्ने लक्ष्य नेपालको छ । जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका खोप अधिकृत दीपक अच्छामीले आत्महत्यालाई सन् २०३० सम्म न्युनीकरण गर्ने लक्ष्य लिए पनि वर्षेनी आत्महत्या गर्नेहरुको संख्या निरन्तर वढिरहेको तथ्यांक पेश गरे । विगत एक दशकको तथ्याङ्क हेर्दा झण्डै दोव्वरले आत्महत्या गर्नेहरुको संख्या वढेको छ तर सरकारको योजना सन् २०३० सम्म आत्महत्यालाई न्युनकरण गर्ने लक्ष्य राखेको छ, उनले भने । आ.व. २०७१÷७२ मा वार्षिक चार हजार तीन सय ३२ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०८०।०८१ मा त्यो संख्या वढेर सात हजार दुई सय २३ जनाले आत्महत्या गरेको तथ्यांक रहेको उनले जनाए । नेपाल प्रहरीका अनुसार आ.व. २०८०÷८१ को तथ्याङ्क अनुसार पुरुष, महिला, बालक र बालिकाले गर्ने आत्महत्याको सङ्ख्या क्रमश ः तीन हजार सात सय २७, दुई हजार पाँच सय ७३, तीन सय ३१ र पाँंच सय ९२ रहेको देखिन्छ । विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको तथ्याङ्क छ । कुल ३२ हजार आठ सय ७८ जनामा २६ हजार ६ सय ५० जनाले झुण्डिएर, पाँंच हजार ६ सय ८७ जनाले विष खाएर र बाँकी अन्य रहेको तथ्यांक छ । आ.व. २०७५÷०७६ देखि आ.व. २०७९÷८० सम्मको आत्महत्याको लैङ्गिक अवस्था हेर्दा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नारा यो वर्षको विश्व आत्महत्या रोकथाम दिवसको रहेको छ । सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिन्छ । सन् १६४२ मा सर थोमस ब्राउनीले आफ्नो ‘द रिलिजन अफ डाक्टर (रिलिजियो मेडीसी)’ नामक कृतिमा प्रथम पटक सुसाइड भन्ने शब्दको प्रयोग गरेको देखिन्छ । विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन् । १५ देखि २९ वर्षका उमेर समूहमा आत्महत्या तेस्रो प्रमुख मृत्युको कारण हो । विश्व स्वास्थ्य ङस्गठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गर्दछन् । आत्महत्या सम्बन्धी १० तथ्यबारे जानौँ १) विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्सेनि करिब आठ लाखभन्दा बढी व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । २) विश्वभरमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जना मानिसले आत्महत्याका कारण जीवन गुमाइरहेका छन् । ३) विश्वभर हत्या र युद्धभन्दा बढी आत्महत्याका कारण मानिसहरुको मृत्यु हुने गरेको छ । ४) विश्वभर मृत्यु हुने प्रमुख कारणमध्ये आत्महत्या पन्ध्रौ प्रमुख कारणको रुपमा रहेको छ । ५) विश्वभर ७० वर्षभन्दा बढी उमेरका मानिसहरूमा आत्महत्याको दर उच्च रहेको छ । ६) १५ देखि २५ वर्ष उमेर समुहमा विश्वभर आत्महत्या दोश्रो सबैभन्दा प्रमुख मृत्युको कारण हो । ७) जीवन गुमाउनेको संख्या ७० प्रतिशत भन्दा बढि आत्महत्या गरिव देशहरूमा हुने गरेको छ । ८) आत्महत्याको प्रयास पुरुषहरुको तुलनामा महिलाहरुमा २÷३ गुणा बढी देखिन्छ । तर आत्महत्याको कारण ज्यान गुमाउनेको सङ्ख्या भने महिलाको तुलनामा पुरुषको तिन गुणाले बढि छ । ९) नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्दछ । १०) नेपालमा प्रत्येक महिना करिब एक दर्जनभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन जुन विश्व मै सातांै उच्च आत्महत्याको दर हो । यो दर दक्षिण एसियाली देशहरूमा श्रीलङ्का पछिको सर्वाधिक हो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














