एमसीसी परियोजनाका कारण सत्ता गठबन्धन सङ्कटमा ।।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्ता गठबन्धन निरन्तर रहने वा नरहने भन्ने अन्योल देखिएको छ । गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी परियोजना संसदबाट पारित गराउनुपर्ने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसोधन नगरी एमसीसी पारित गर्न नहुने अडानमा छन् । हिजो पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी संसोधन गरेर मात्रै संसदबाट पारित गराउन प्रधानमन्त्री देउवालाई भेटेर आग्रह गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा एकीकृत समाजवादीको पनि समर्थन छ । एमसीसी परियोजना संसदबाट पारित गराउने अवस्था आए माओवादी केन्द्रले सत्ता गठबन्धनबाट बाहिरिएर भए पनि यसको विरोधमा उत्रिने भएको छ । संसोधन नगरी एमसीसी परियोजना अघि बढाउन नहुने पार्टीको नीति विपरित कसैले जबरजस्ती संसदबाट पारित गराउन खोजे नमान्ने रणनीति माओवादी केन्द्रको छ । यद्यपी यसबारेमा सरकारमा रहेका राजनीतिक दलहरूबीच कुटनीतिक रुपमा राख्ने र सकभर उनीहरूलाई पनि सहमत गराउने प्रयास भइरहेको माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सीआईएनसँग बताउनुभयो । सत्ताधारी दलको न्यूनतम साझा कार्यक्रम विपरित एमसीसी परित गराउनका लागि प्रधानमन्त्री देउवाले दवाव दिएको उहाँको भनाइ छ । ‘हाम्रो आठौँ राष्ट्रिय महाधिवेशनमा पनि एमसीसी खारेज गर्नुर्ने सुझाव आएको छ । नेता, कार्यकर्ताको सुझाव विपरित पार्टीको नेतृत्व अघि बढ्दैन ।’ नेता पोखरेलले भन्नुभयो । सत्तागठबन्धनमा रहेको अर्को दल एकिकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि एमसीसी परियोजनाको बारेमा कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै भुसालले अध्ययन कार्यदलको निष्कर्षपछि मात्रै पार्टीले आवश्यक निर्णय लिने जानकारी दिनुभयो । नेकपा एमालेले भने सत्तागठबन्धनले संसदमा एमसीसी पेश गरेपछि मात्रै यसबारेमा छलफल गर्ने र धारणा बनाउने बताएको छ । एमालेका नेता भीम रावलले खुला स्मृतिपत्र सार्वजनिक गर्दै एमसिसी सम्झौता संसदबाट अनुमोदन नगराउन सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूलाई सम्बोधन गर्दै हिजो सार्वजनिक गर्नुभएको स्मृति त्रमा राष्ट्रहितमा नरहेकाले एमसीसी संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराउनुभएको हो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













