वागीश्वरीमा शिक्षक सम्मान तथा विदाई ।
भक्तपुर, ९ पुस । वागीश्वरी माध्यमिक विद्यालयमा काजमा कार्यरत शिक्षकद्वय जीवनभक्त प्रधानाङ्ग र जमुना ताम्राकारको अनिवार्य अवकाशको क्रममा शुक्रबार शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले निवृत्त शिक्षकहरुको गुण सिक्दै वागीश्वरी माविका अरु शिक्षकहरुले स्थान लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि ब्रम्हचारिणी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. १० का सदस्य ज्ञानकुमार मगजुले सम्मानित शिक्षकहरुलाई ताम्रपत्र हस्तान्तरण गर्नुहँुदैनिवृत्तशिक्षकहरुले ४० वर्ष भन्दा बढी शिक्षण सेवा गरी अथक योगदान गरी विद्यार्थी प्रति कर्तब्यनिष्ठ भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा निमावि इन्चार्ज विश्वराम प्रजापति, प्रावि इन्चार्ज कृष्णमान मलेपति, शिक्षकहरु राजन लाखा, इन्द्रकुमार श्रेष्ठ, रामप्यारी सैंजु, विद्यालय नर्स सर्जिना मानन्धरले अवकाश प्राप्त शिक्षकहरुको सक्रिय जीवन र सुस्वास्थ्यको कामना गर्नुभयो । निवृत्त शिक्षकहरु प्रधानांङ्ग र ताम्राकारले पनि वोल्नुभएको थियो । साथै, विद्यालयमा आजमात्र सरुवा भई हाजिर हुन आउनुभएका अन्जली श्रेष्ठ, जमुना आचार्यले विद्यालयको सेवामा कुनै कसर बाँकी नराखिकन विद्यार्थीहरुलाई शिक्षण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














