भक्तपुरको बजार चिनी बाहेक सबै सामान्य
भक्तपुर, कार्तिक २ गते
यस वर्ष भक्तपुरको बजारमा श्रावण देखि असोजसम्म ६९ व्यवसायको अनुगमण गर्दा ३ लाख जरिवाना र ४ लाख बरावरको अखाद्य वस्तु जफात गरी नष्ट गरेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले बजार अनुगमणलाई प्रभावकारी बनाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरी चाड पर्व लक्षित गरी बजार अनुगमणलाई प्रभावकारी बनाएको र चाड पर्व लक्षित शान्ति सुरक्षा ब्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जनाएको छ । बजार अनुगमणका साथै चाडपर्व लक्षित शानित सुरक्षाका विषयमा पनि सरोकारवालाहरु बीच छलफल भएको प्रजिअ श्रेष्ठले जानकारी दिएका हुन । दशैको सन्दर्भमा राष्ट्रपट्विारा नवदुर्गा गणको दर्शन गर्ने विषयहरुमाथि पनि छलफल भएको प्रजिअ श्रेष्ठले जनाएकोछ । साहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको संयोजकत्वमा भक्तपुरका स्थानीय तह देखि उद्योग व्यवसायी संघ, उपभोक्ता मञ्च सहितको टोलीले बजार व्यवस्थापनकालागि बजार नियमन र अनुमगणलाई निरन्तरता दिइरहेको जनाएको हो ।


बजारमा चिनी बाहेक सबै चिज सामान्य रहेको भन्दै सहायक प्रजिअ निरौलाले मूल्य वृद्धि भएको जनगुनासो जिल्ला बाहिरको विषय भएकोले यस विषयमा निर्णय गर्न नसकेको बताए । यद्यपी हरेक पसलहरुले आआफ्नो पसलमा मूल्य सूची राख्ने, दर्ता नविकरण अध्यावधिक गर्नुपर्छ भन्ने भावना हरेक व्यवसायीमा हुनुपर्नेमा उहाँले जोड दिएका छन्। बजार अनुगमण समितिका संयोजक समेत रहेको निरौलाले यसमा उपभोक्ता सचेतनाको कमि पनि देखिन्छ भन्दै उहाँले कहि कतै उपभोक्ता ठगिएको गुनासो छ भने नजिकैको प्रहरी, उपभोक्ताबादीहरु तथा स्थानीय पाकिला वा सहायक प्रजिसलाई समेत सिधै सम्पर्क राख्न सकिने धारणा व्यक्त गरेको छ । उहाँले बजारमा कहि कतै कालो बजारी भएको देखिएको भक्तपुर जिल्लाका सहायक प्रजिअ डोलेन्द्र निरौलाको मोबाइलन नम्वर ९८५११४३३८५मा फोन गर्न आग्रह गरेको छ ।














