केदारनाथ साकोसमा उद्घोषण तालिम सम्पन्न

केदारनाथ साकोसमा उद्घोषण तालिम सम्पन्न
भक्तपुर, १३ असोज । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा उद्घोषण तालिमको समापन कार्यक्रम संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा एक समारोहबीच संस्थाको कार्यालय जगातिमा विहिबार सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण प्रजापतिले अभ्यासले नै पूर्णता बनाउने बताउँदै ज्ञान, सीप, धारणा र व्यवहार चार आयामलाई मध्य नजर गरी सिकेको व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । उहाँले ज्ञान जति बाँड्यो त्यति नै बढ्ने बताउँदै उद्घोषण तालिममा सिकेको कुराहरु अरुलाई सिकाए आफूपनि सिक्ने बताउनुभयो । उहाँले नौ दिन नौलो बीस दिन विर्सियो भने जस्तो अभ्यास गरिरहे सफल हुने बताउनु भयो । उहाँले उद्घोषणमा डरलाई हटाउनु पर्ने र गर्ने भनि अठोटका साथ सिके झन पूर्णता पाउने बताउनुभयो । उहाँले समारोहको हिरो भनेकै उद्घोषक भएकोले हजारौ जनालाई नियन्त्रण र उत्साहित बनाई राख्ने कार्य गर्छ भन्नुभयो । उहाँले बक्ताको लागि सम्बोधन, धन्यवाद, उद्देश्य, विषयबस्तु, पृष्ठभूमि, उपलब्धि, सुझाब र निष्कर्ष आदि सम्झेर बोले बोलेको कुरा सिलसिलाबद्ध भई स्पष्ट बक्ता हुने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक ऋषिकेश श्रेष्ठले उद्घोषण श्रोताको मनपर्ने व्यक्तिको रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै जानेको कुरा समाजमा छर्दै जाने र उत्तरदायी भए सबै साथीहरुको मनमा बस्न सक्ने बताउनुभयो । उहाँले जीउनु र मर्नु प्रकृतिक नियम भएकोले दुई दिनको जीवनमा धमण्ड र रिस नगरी सानो सानो कुराबाट सिक्दै जाने र रिसले एक्लिदैँ जाने बताउनुभयो । उहाँले पैसा सवथोक नभई मन्द मुस्कान अत्यन्त महत्वपूण हो बताउनुभयो ।
कार्यक्रममा अर्का प्रशिक्षक रुविना श्रेष्ठले निरन्तरता दिए सिकेको कुरा सम्झाना आई रहन्छ भन्नुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजुभाई तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत साजन कसपाल, संचालन दयाराम तजल्याले गर्नुभएको थियो । प्रमुख अतिथि र विशेष अतिथिले कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण र मायाको चिनो प्रदान गरेको थियो ।