चनपा ९स्थित इथाचामा अनियमित वस्ति विस्तार गरको खुलासा, कार्वाही र क्षेतिपूर्तिको माग
भक्तपुर, असार ५ गते
चाँगुनारायण नगरपालिका वडा नं.९ स्थित ब्रम्हायणी मन्दिर देखि इथाचासम्म आज गरेको बजार र वस्ती अनुगणमा अनियमितताको चाङ देखिएको छ । वडाध्यक्ष गणेश त्यातको संयोजनमा वडाका जनप्रतिनिधी, प्रहरी र कर्मचारी तथा टोल सुधार समितिका पदाधिकारीहरुको टोलिले गरेको अनुगमणमा पसल दर्ता र नविकरण नभएको, मापदण्ड पूरा नगरेको तथा भवन सँहिता पालना नगरेको मात्र नभई सडक पेटि ओगतेर आचरसंहिता उल्लंघन देखि सेप्टि टेक्कि र शौचालयको फोहर समेत बाटोमा बगाउने गरेको पुष्टि भएपछि सरोकारवालाहरुलाई सम्झाई बुझाई नियमसँगत रुपले घर वस्ती बासाल्न आग्रह गरेको थियो ।
यसै क्रममा अनियमित तवरले प्लटिग गरी बाटो, ढल, खानेपानीको समेत व्यवस्था नगरी घर सम्रचना विस्तार भएको देखिएकाले त्यस्ता व्यवसायिलाई वडामा बोलाएर वस्तीसँग छलफल गरी स्थानीय बासीहरुको गुनासो सुनुवाई गर्ने कार्यक्रम तर्जुमा गरेको छ । इथाचामा बनेको अव्यवस्थित बस्तीबाट बगेको फोहर पानीले खेतीवालीलाई समेत नोक्सानी परेपछि स्थानीयको गुनासोमा सो क्षेत्रको अनुगमण समेत गरेको थियो । स्थानिय टोल सुधार समिति र स्थानीयवासीहरुको पटक पटक ध्यानाकर्ष गराँदा पनि सुनुवाई नभएपछि आज जनप्रतिनिधी, कर्मचारी र सुरक्षाकर्मीहरुको टोलीले स्थलगत अनुगमण गर्दैै जथाभावि ढल र फोहर पानी फाल्न नहुनेमा जोड दिएको थियो भने वर्षौ देखि नोक्सानी ब्यहोर्दै आएका खेतिकिसानी गर्ने कृषकहरुले उचित क्षेति पूर्तिमा माग गरे छन् । बस्तिको फोहर पानीले बालि नालि समेत ब्रिगेकोले अव्यवस्ति घडेरी विक्रि वितरण गर्ने र अनियमति घर सम्रचना बनाई वातावरण प्रदुषर्ण गर्नेहरुलाई क्षतिपूर्ति सहित कडा कार्वाहीको माग गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












