धानबालीमा विभिन्न रोग देखिएपछि विज्ञहरुसँग कृषकले गरे अन्तरक्रिया

धानबालीमा विभिन्न रोग देखिएपछि विज्ञहरुसँग कृषकले गरे अन्तरक्रिया
भक्तपुर, श्रावण २६ गते
असारमा रोपेको धानबालीमा श्रावण महिनामै विभिन्न रोग देख्न थालेपछि कृषिविज्ञ, किटविज्ञहरुसँग कृषकहरुको आज अन्तरक्रिया आयोजना भएको छ । सिद्धिकृषि सहकारी संस्थाले आफ्ना सदस्य कृषकहरुको धानबालीमा देखिएको रोगहरु बारेमा कृषिविज्ञहरुसँग कमलविनायक भक्तपुरमा अन्तरक्रिया गरेको हो । धानको बोटहरु किराले काटेको, बालाहरुमा रातो रातो दागहरु देखिन थालेको, मुसाले काटेको आदि समस्याहरुको सम्बोधनकालागि राष्ट्रिय बालि विज्ञान अनुसन्धान केन्द्र खुमलटारका कृषि बैज्ञानिक भिमसेन चौलागाई, किटविज्ञान महाशाखाका बैज्ञानिक डा. नरेश दांगी, बालि रोग विज्ञान महाशाखाका बैज्ञानिक प्रतिक्ष्या शर्माले कृषकहरुसँग अन्तरक्रिया गरेका हुन ।


सिद्धिकृषी सहकारीका अध्यक्ष पुण्यराम दुमरुको सभाध्यक्षतामा भएको सा अन्तरक्रियामा खेतमा मुसा भएको नभएको थाहा पाउने तरिका, मित्रजीवलाई असर नपर्ने गरी अन्य हानिकारक किटहरु नष्ट गर्ने घरेलु तथा रासायनिक औषधि प्रयोग गर्ने तरिकाहरु बारे ज्ञानसिप दिएका थिए । साथै धानबालीमा देखिएका विभिन्न रोगहरुको उपचार बारे जानकारी दिदै कृषिविज्ञहरुले कृषकहरुलाई रोगको उपचार निश्चित गर्न रोग लागेको नमूना धानको बोट विज्ञलाई देखाए भने थप उपचार संभाव हुने भन्दै धानको बोट बीचमा काटियो भने धान उत्पादनमा पछि असर पर्ने उल्लेख गर्दै त्यस्तो संक्रमण गोव्रे किटा तथा अन्य किराबाट पनि हुन सक्ने भएकोले समयमै ध्यान दिन आग्रह गरेका थिए ।