ठेला गाडा उठाउँदै सामान भने छोड्दै

ठेला गाडा उठाउँदै सामान भने छोड्दै
भक्तपुर, श्रावण २५ गते
भक्तपुर नगरपालिकाका निरिक्षकहरुले फुटपाठका ठेला गाडाहरु नियन्त्रणमा लिने अभियान तिब्र पारिए पनि ठेला गाडामा रहेका खाद्यान्न, लटाकपडाहरुलाई भने जफत नगरिएको पाइएको छ । पहिलो दिनमा त्यसरी जफत गरिएका तरकारी, फलपूmलहरु खेर गएकाले ठेला मात्रै उठाएर सामग्री त्यही छोडि दिने गरेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए । उपभोग गर्न मिल्ने सामग्री जफत गरेर खेर फाल्नु भन्दा व्यवसायीलाई छोडिर ठेला मात्र उठाउने गरेको बताए । न्यून आय भएको भन्दै ठेला नै छोड्यो भने फेरी फेरी पनि नगरका विभिन्न क्षेत्रमा पसल राख्ने वा घुमाउने भएकाले ठेला भने जफत गरेको बताए । यसरी जफत गरेको ठेला भने फिर्ता नगर्ने तर सामग्री भने फिर्ता लिन आएकाहरुलाई सचेतना दिएर फकाई दिएको बताए ।