भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
सभाध्यक्ष महोदय एवं सभासद् मित्रहरू,
भक्तपुर नगरपालिकाको यस गरिमामय २० औं नगरसभामा उपस्थित सम्पूर्ण सभासद्हरू, कर्मचारी मित्रहरू, सञ्चारकर्मीहरू तथा उपस्थित सम्पूर्णमा म हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्दछु ।
नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएको ४ वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेका छौं । यो हाम्रो कार्यकालको अन्तिम वर्ष हो र यस कार्यकालको अन्तिम बजेट प्रस्तुत गर्ने अवसर प्राप्त भएकोमा म गौरव महशुस गर्दछु ।
प्रजातन्त्र पुनःस्थापना र लोकतन्त्रका लागि भएका विभिन्न चरणबद्ध जनआन्दोलन र सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, विभिन्न कालखण्डमा कठोर जेल जीवन बिताउनुहुने, प्रवास र भूमिगत रहेर राजनीतिक एवं सामाजिक परिवर्तनमा अतुलनीय योगदान पुर्यापउनुहुने सम्पूर्ण अग्रज योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।

हामी नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारलाई आत्मसात् गर्दै जनताको सेवामा निस्वार्थ भावले लागिरहेका छौं । पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ का. नारायणमान बिजुक्छेँ (रोहित)द्वारा लिखित सय वर्षपछिको भक्तपुर र पार्टीको घोषणापत्रले हामीलाई सधैं सही दिशामा काम गर्न मार्गनिर्देश गरिरहेको छ ।
भक्तपुरलाई विश्वकै एक जीवन्त सङ्ग्रहालय र नाचगानको राजधानी को रूपमा चिनाउन योगदान पुर्यावउनुहुने सम्पूर्ण नगरवासी र अग्रजहरूप्रति हामी कृतज्ञ छौं । भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हामीले आफ्नो मुख्य कर्तव्य र जिम्मेवारी ठानेका छौं ।
नगरपालिकाका स्रोत र साधनहरू सीमित छन्, तर जनताका आवश्यकताहरू असीमित छन् । यिनै सीमित स्रोत र साधनको उच्चतम उपयोग गर्दै हामीले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ र पर्यटनजस्ता आधारभूत आवश्यकताहरूलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएका छौं । नगरवासीहरूको रचनात्मक सल्लाह, सुझाव र आलोचनालाई आत्मसात् गर्दै हामी भक्तपुरको सर्वाड्डिण विकासका निम्ति अगाडि बढिरहेका छौं ।
सभाध्यक्षज्यू,
अब म चालू आ.व. २०८२।८३ को बजेट कार्यान्वयनको संक्षिप्त समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. चालु आ.व. २०८२।८३ का लागि कूल २ अर्ब ४७ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट तयार गरिएको थियो । जसमध्ये नगरपालिकाको आन्तरिक आयतर्फ ६४ करोड ७१ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएकोमा २०८३ जेठ मसान्तसम्ममा ४८ करोड १८ लाख रुपैयाँ यथार्थ आम्दानी भयो, जुन अनुमानित आम्दानीको ७४.४७ प्रतिशत हुन आउँछ । सम्पति तथा भूमिकर, घर बहाल कर, पर्यटन सेवा शुल्क, व्यवसाय कर, नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल विक्री, पार्किङ तथा जल मनोरञ्जन शुल्क, छायाङ्कन दस्तुरलगायतमा चालु आ.व.का लागि अनुमान गरिए बमोजिम आम्दानी भएको देखिन्छ ।
२. बाह्य श्रोततर्फ राजश्व बाँडफाँडमा संघ, प्रदेश र मालपोत रजिष्ट्रेशनसमेत गरी २४ करोड ११ लाख अनुमान गरिएकोमा चालु आ.व.को जेठ मसान्तसम्ममा १६ करोड ४९ लाख रुपैयाँ प्राप्त भई ६८.३९ प्रतिशत प्रगति भयो । राजश्व बाँडफाँड समेत नेपाल सरकार र प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, सामाजिक सुरक्षा भत्ता, सडक बोर्ड नेपालबाट गरी कूल बाह्य श्रोत रु १ अर्ब ५० करोड १३ लाख प्राप्त हुने अनुमान गरिएकोमा चालु आ.व.को जेठ मसान्तसम्ममा कूल १ अर्ब २१ करोड ९५ लाख अर्थात् ८१.२३ प्रतिशत आम्दानी भएको जानकारी गराउँदछौं ।
३. चालु आ.व. २०८२।८३ मा चालु खर्च तर्फ रु. १ अर्ब ५२ करोड ५३ लाख बिनियोजन गरिएकोमा २०८३ जेठ मसान्तसम्मको कूल चालु खर्च १ अर्ब ९ करोड ६८ लाख अर्थात ७२ प्रतिशत भएको छ । असार मसान्तसम्ममा चालु खर्च बढेर रु १ अर्ब २४ करोड ९० लाख (८२ प्रतिशत) खर्च हुने संशोधित अनुमान छ ।
४. पूँजीगत खर्चतर्फ चालु आ.व. २०८२।८३ मा रु ८० करोड ४८ लाख विनियोजन गरिएकोमा २०८३ जेठ मसान्तसम्ममा रु ४५ करोड ४६ लाख अर्थात् ५६ प्रतिशत यथार्थ खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर रु ५४ करोड ५३ लाख हुने संशोधित अनुमान छ । जुन कूल विनियोजित पूँजिगत खर्चको ६८ प्रतिशत हुन्छ ।
५. वित्तीय व्यवस्थातर्फ चालु आ.व. २०८२।८३ मा रु १४ करोड ३० लाख विनियोजन गरिएकोमा २०८३ जेठ मसान्तसम्ममा रु. १० करोड ६३ लाख अर्थात् ७४ प्रतिशत खर्च भएको छ ।
६. चालु, पूँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च जोड्दा असारमसान्तसम्ममा रु १ अर्ब ९० करोड ७ लाख गरी कूल बजेटको ७७ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । पुँजीगततर्फका सम्पदा पुनःनिर्माणसँग सम्बन्धित धेरैवटा योजनाहरु तथा नगरस्तरीय गौरवका योजनाहरु चालु आ.व. मा शुरु भइसकेको र आगामी आ.व.का लागि क्रमागत योजनामा पर्ने भएकोले यथार्थ खर्च अझै बढ्ने देखिन्छ ।
सभाध्यक्ष महोदय,
अब म यस गरिमामय सभामा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा रही बजेटको विस्तृत विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक वर्ष २०८३÷८४ को बजेटका मुख्य उद्देश्य तथा प्राथमिकताहरू
१. शिक्षा ः नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने, ख्वप मेडिकल कलेज स्थापनाको लागि पहल र इतिहास, संस्कृति तथा राजनीतिशास्त्र जस्ता विषय अध्ययन गर्नेलाई पूर्ण छात्रवृत्ति दिइनेछ ।
२. स्वास्थ्य सेवामा विस्तार ः ख्वप अस्पतालमा एम.आर.आई. (ःच्क्ष्) मेसिन खरिद र डायलाइसिस सेवा विस्तारलाई प्राथमिकता दिइएको छ । नगरवासीलाई निःशुल्क रगत र अक्सिजन वितरणलाई निरन्तरता दिंदै शव वाहन सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
३. सम्पदा र संस्कृति संरक्षणः ‘पुर्खाले सिर्जेको सम्पत्तिः हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ ऐतिहासिक थन्थु दरबार, ९९ चोक र नवदुर्गा द्योछें जस्ता सम्पदाहरूको पुनःनिर्माण तथा जीर्णोद्धार गरिनेछ । परम्परागत शैलीमा घर बनाउने नागरिकलाई आर्थिक अनुदान दिइनेछ ।
४. भौतिक पूर्वाधार निर्माण ः नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको अरनिको सभाभवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ । हनुमन्ते र कासन खोलामा टेवा पर्खाल निर्माण गर्ने र नगरका भित्री सडकहरूमा ढुड्डा÷इँटा छपाउने कार्यलाई तीव्रता दिइनेछ ।
५. वातावरण तथा सरसफाइ ः फोहोरमैला व्यवस्थापनका लागि कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने र ढल प्रशोधन पोखरीहरू (सल्लाघारी र हनुमानघाट) निर्माण गरी फोहर पानी उपचार गरिनेछ ।
६. पर्यटन प्रबद्र्धन ः भक्तपुरलाई ‘जीवन्त सङ्ग्रहालय’ को रूपमा स्थापित गर्न सांस्कृतिक क्यालेन्डर निर्माण गर्ने, विभिन्न उत्सवहरू आयोजना गर्ने र रात्रिकालीन पर्यटनका लागि सम्पदा क्षेत्रमा बत्तीको व्यवस्था गरिनेछ ।
७. युवा स्वरोजगार र उद्यमशीलताः युवाहरूलाई विदेश पलायनबाट रोक्न विभिन्न सीपमूलक तालिमहरू दिने र सहुलियतपूर्ण ‘उद्यमशील ऋण’ उपलब्ध गराई स्वरोजगार बनाउने नीति अवलम्बन गरिनेछ ।
८. सामाजिक न्याय र सुशासनः महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्ग लक्षित कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । नगरपालिकाको सेवालाई डिजिटल प्रविधिमा आधारित र जनमुखी बनाउँदै सुशासन कायम गरिनेछ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को आयतर्फको विस्तृत अनुमान
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कुल २ अर्ब ५५ करोड रुपैयाँको बजेट परिचालन गर्ने लक्ष्य राखेको छ । यो बजेट नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड, विभिन्न अनुदानहरू र चालू वर्षको बैंक मौज्दातबाट व्यवस्थापन गरिनेछ । (आन्तरिक आयको विस्तृत विवरण अनुसूची १ र बाह्य श्रोतको विस्तृत विवरण अनुसूची २ मा संलग्न गरिएको छ ।)
१. आन्तरिक आय ः नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट कुल ६९ करोड २० लाख रुपैयाँ संकलन गर्ने अनुमान गरिएको छ । यस अन्तर्गत निम्न क्षेत्रहरूलाई मुख्य आधार बनाइएको छ ः
ड्ड राजस्व ः घरजग्गा मूल्याङ्कनमा आधारित सम्पत्ति कर, भूमिकर, व्यवसाय कर र घर बहाल करलाई आन्तरिक आयको मुख्य आधार मानिएको छ ।
ड्ड सेवा शुल्क तथा दस्तुर ः पर्यटन सेवा शुल्क, जग्गा बिक्री, नगरपालिकाद्वारा सञ्चालित विभिन्त कार्यक्रमहरूबाट हुने आय र नगरपालिकाले उत्पादन गर्ने कम्पोष्ट मल बिक्रीबाट हुने आम्दानी यसमा समावेश गरिएको छ ।
ड्ड अन्य शुल्कहरू ः पार्किङ शुल्क, मनोरञ्जन कर, विज्ञापन दस्तुर र विभिन्न प्रशासनिक सिफारिस शुल्कहरूलाई पनि आयको स्रोतमा समेटिएको छ ।
ड्ड नगरपालिकाले करको दर बढाउनुभन्दा पनि करको दायरा विस्तार गर्ने र करदाताहरूलाई राहत दिने गरी समय सापेक्ष परिमार्जन गर्ने नीति लिएको छ ।
२. राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकार, प्रदेश सरकार र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट कुल २४ करोड ९१ लाख प्राप्त हुने अनुमान छ ।
३. अनुदान सहायता (संघ र प्रदेश)ः नगरपालिकाको विकास र प्रशासनिक कार्यका लागि प्राप्त हुने विभिन्न अनुदानहरू यस प्रकार छन् ः
ड्ड वित्तीय समानीकरण अनुदान ः संघीय सरकारबाट १९ करोड ७५ लाख र प्रदेश सरकारबाट १ करोड ९० लाख गरी कुल २१ करोड ६५ लाख प्राप्त हुने अनुमान छ ।
ड्ड सशर्त अनुदान ः शिक्षा, स्वास्थ्य लगायतका तोकिएका क्षेत्रमा खर्च गर्ने गरी संघीय सरकारबाट ४७ करोड २० लाख र प्रदेश सरकारबाट १६ करोड ३७ लाख गरी कुल ६३ करोड ५७ लाख प्राप्त हुने अनुमान छ ।
ड्ड समपूरक र विशेष अनुदान ः संघीय र प्रदेश सरकारबाट विभिन्न भौतिक निर्माणका लागि समपूरक र विशेष अनुदान वापत कूल ३ करोड ११ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
४. अन्य स्रोतः
ड्ड सामाजिक सुरक्षा भत्ताः जेष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएका व्यक्तिहरूका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्तावापत नेपाल सरकारबाट ३५ करोड प्राप्त हुनेछ ।
ड्ड बैंक मौज्दात ः चालू आर्थिक वर्षको अन्त्यसम्ममा खर्च भई बाँकी रहने अनुमानित ३४ करोड १५ लाख आगामी वर्षको योजना कार्यान्वयनका लागि परिचालन गरिनेछ ।
ड्ड सडक बोर्डः सडक मर्मत र स्तरोन्नतिका लागि सडक बोर्ड नेपालबाट ४० लाख प्राप्त हुने अनुमान छ ।
अगामी आ.व. २०८३÷८४ को व्ययतर्फको विस्तृत अनुमान ः
आगामी आ.व. २०८३÷८४ को लागि चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पूँजिगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरिएको छ । (चालु खर्चको विस्तृत विवरण अनुसूची ३ र पूँजीगत खर्चको विस्तृत विवरण अनुसूची ४ मा संलग्न छ ।)
शिक्षातर्फ ः
भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम अनुरुप बजेट विनियोजन गरेको छ । नगरपालिकाले भक्तपुरलाई एक उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्यका साथ शिक्षा क्षेत्रका मुख्य कार्यक्रम र योजनाहरू देहाय बमोजिम तय गरेको छ ः–
१. शैक्षिक क्षेत्रको विकास र विस्तारः
ड्ड सामुदायिक विद्यालयका इसिडी दरबन्दीका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई प्रोत्साहित गर्न हाल दिइआएको रकममा प्रति महिना रु १००० का दरले थप्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
ड्ड नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू मार्फत न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै नयाँ नयाँ विषयहरू थप गर्दै लगिनेछ ।
ड्ड ख्वप मेडिकल कलेज सञ्चालनका लागि सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गराउन आवश्यक पहल जारी राखिनेछ ।
२. छात्रवृत्ति तथा अनुसन्धान वृत्ति
ड्ड इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, अर्थशास्त्र र दर्शनशास्त्र जस्ता देशका लागि आवश्यक विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने नीतिलाई निरन्तरता दिइएको छ । यस वर्षदेखि अर्बान डिजाइन एण्ड कन्जरभेसन विषयमा उच्च शिक्षा अध्ययन गर्ने नगरबासी विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
ड्ड विभिन्न विषयमा अध्ययन–अनुसन्धान गर्ने विद्यार्थीहरूलाई अनुसन्धान वृत्ति प्रदान गरिनेछ । गरिब, जेहेन्दार र खेलकुदमा पदक प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था मिलाइएको छ ।
३. भौतिक पूर्वाधार र प्रविधिमैत्री शिक्षा
ड्ड सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारका लागि बागमती प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट विनियोजन गरिएको छ । विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड, एआई (ब्क्ष्) तालिम र सूचना प्रविधिको विस्तारमा जोड दिइनेछ । सामुदायिक विद्यालयहरूमा विज्ञान, गणित र सामाजिक प्रयोगशालाहरू स्थापना गरिनेछ ।
४. स्थानीय पाठ्यक्रम र जीवनोपयोगी शिक्षा
ड्ड स्थानीय पाठ्यक्रममार्फत नेपालभाषा र लिपि अध्यापनलाई निरन्तरता दिदै शिक्षकहरूलाई तालिम र सामग्री उपलब्ध गराइनेछ । विद्यार्थीहरूमा सम्पदा संरक्षणको भावना जगाउन ‘एक विद्यालय, एक सम्पदा सरसफाइ’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
५. विद्यार्थी सहयोग र सामाजिक सुरक्षा
ड्ड उच्च शिक्षा अध्ययनका लागि प्रदान गरिँदै आएको शैक्षिक ऋणलाई निरन्तरता दिँदै अधिकतम ७ लाखसम्म ऋणको सीमा बृद्धि गरी सोमा लाग्ने ब्याज आ.व. २०८३÷८४ देखि ४ प्रतिशत कायम गरिनेछ ।
ड्ड वडा तहमा बालबालिकाहरूका लागि गृहकार्य कक्षा र वडा नं १० मा थप शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइनेछ ।
ड्ड अपाड्डता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षा र अपाङ्ग सहायक सामग्रीहरु वितरण गरिनेछ ।
शिक्षा क्षेत्रका यी समग्र कार्यक्रमहरूका लागि नगरपालिकाले कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार विनियोजन गरिएको छ ।
स्वास्थ्यतर्फः
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि स्वास्थ्य उपचार सेवामार्फत ‘जनताको सेवा’ लाई उच्च प्राथमिकता दिएको छ । नगरपालिकाले नागरिकहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चालु राखेका र नयाँ प्रस्ताव गरेका मुख्य योजनाहरू यस प्रकार रहेका छन् ः
१. ख्वप अस्पतालको स्तरोन्नति र आधुनिक सेवा
ड्ड नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधायुक्त बनाउन र विशेषज्ञ सेवा विस्तार गर्न जोड दिइनेछ । यसै आर्थिक वर्षभित्र एम.आर.आई.
(ःच्क्ष्) सेवा र आई.सी.यू. (क्ष्ऋग्) सेवा सञ्चालन गरिनेछ । सो का लागि कूल २३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
ड्ड अस्पताल परिसरमा आवश्यक सहायक पूर्वाधारहरू, क्यान्टिन ब्लक र एम.आर.आई. भवनको निर्माण कार्य सम्पन्न गर्न बजेटको व्यवस्था गरिएको छ ।
ड्ड मृगौला रोगीहरूको सहज उपचारका लागि डायलाइसिस सेवालाई विस्तार गर्ने र आवश्यक उपकरणहरू थप गर्ने नीति लिइएको छ ।
२. वडास्तरमा स्वास्थ्य सेवा र पूर्वाधार
ड्ड नगरका वडा–वडामा रहेका स्वास्थ्य केन्द्रहरूलाई क्रमशः स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सकबाट उपचार सेवा उपलब्ध गराइनेछ ।
ड्ड वडा नम्बर ७ को खँचामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइनेछ । साथै वडा नं. १ स्थित नपली आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा विस्तारको लागि बजेट विनियोजन गरिएको छ ।
३. सामुदायिक स्वास्थ्य र नसर्ने रोग नियन्त्रण
ड्ड नगरवासीहरूमा बढ्दो रूपमा देखिएका मधुमेह (चिनी रोग), उच्च रक्तचाप र कोलेस्ट्रोल जस्ता नसर्ने रोगहरूको अध्ययन–अनुसन्धान गरिनेछ ।
ड्ड प्रत्येक नागरिकको स्वास्थ्य विवरण प्रोफाइल (ज्भबतिज एचयाष्भि) तयार पारिनेछ ।
ड्ड क्यान्सर, मृगौला, नाक, कान, घाँटी र श्वािससप्रश्वासस सम्बन्धी रोगहरूको पहिचानका लागि नियमित रूपमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ । नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घरदैलो नर्सिङ सेवा’ लाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लगिनेछ ।
४. निःशुल्क सेवा तथा सामाजिक सुरक्षा
ड्ड नगरवासीहरूलाई आवश्यक पर्ने रगत र अक्सिजन निःशुल्क उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइएको छ ।
ड्ड नगरवासीहरूका लागि मनोपरामर्श सेवा र शव वाहन सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
ड्ड क्यान्सर, मुटुरोग, मस्तिष्कघात, मेरुदण्ड, मृगौला रोग जस्ता जटिल रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
ड्ड ज्येष्ठ नागरिक र अपाड्डता भएका व्यक्तिहरूका लागि नगरपालिकाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा सहज र प्राथमिकताका साथ उपचार पाउने व्यवस्था मिलाइनेछ ।
५. अन्य विशिष्ट सेवाहरू
ड्ड ख्वप तिलगंगा आँखा अस्पतालको स्तरोन्नतिको लागि स्वास्थ्य उपकरण उपलब्ध गराइनेछ ।
ड्ड आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धतिलाई प्रबद्र्धन गर्न नागरिक आरोग्य केन्द्र र श्वारसप्रश्वापस पुनःस्थापना केन्द्रको सेवा विस्तार गरिनेछ ।
ड्ड महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षण र उपचारको प्रबन्ध मिलाइनेछ ।
स्वास्थ्य क्षेत्रका यी समग्र कार्यक्रमहरूका लागि रु ३५ करोड ६४ लाख अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
सम्पदा र साँस्कृतिक संरक्षणः
भक्तपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि सम्पदा र साँस्कृतिक संरक्षण खण्डको विस्तृत विवरण यहाँ प्रस्तुत छ ः
१. नीतिगत पहल तथा साँस्कृतिक पहिचान
ड्ड भक्तपुरलाई साँस्कृतिक नगर घोषणा गर्न आवश्यक कानुनी र प्रशासनिक पहल अगाडि बढाइनेछ ।
ड्ड भक्तपुरको मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणका लागि अभिलेखीकरण गर्ने र परम्परागत बाजागाजा तथा दाफा भजनको बोललाई लिपिबद्ध गरी संरक्षण गरिनेछ ।
ड्ड परम्परागत बाजा र साँस्कृतिक प्रतियोगिताहरू आयोजना गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड भक्तपुरका मौलिक उत्पादनहरू जस्तै जजु धौ, भादगाउँले टोपी (तका तपुली), कवाँचा प्याखँ र साँस्कृतिक जात्राहरू (बिस्का जात्राको घातु म्ये र कसिमला पाँय्) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचीकरणमा लैजाने प्रक्रिया अघि बढाइएको छ ।
२. भौतिक पुनःनिर्माण तथा जीर्णोद्धारका प्रमुख आयोजनाहरू
ड्ड ऐतिहासिक थन्थु दरबारको पुनःनिर्माण कार्य सम्पन्न गर्न एक करोड पचास लाख रकम विनियोजन गरिएको छ ।
ड्ड टौमढीस्थित नवदुर्गा द्योछें र टिबुक्छेँको दही विनायक द्योछें पुनःनिर्माण प्रक्रिया अघि बढाइनेछ । साथै खौमास्थित उमा महेश्वर, क्वाछेँको नारायण मन्दिर र थन्थु दरबारमा संग्रहालयको लागि अध्ययन असुन्धान गरिनेछ ।
ड्ड भक्तपुर दरबार क्षेत्रमा रहेका ऐतिहासिक ९९ चोकहरूको उत्खनन् र पहिचान कार्यलाई निरन्तरता दिइनेछ । ब्रम्हायणी घाट, महेश्वरी घाट, हनुमानघाट, मड्डलतीर्थ घाट, चुपिंघाट, कालीघाट र धालाखुसी घाटको पुनःनिर्माण र सुधारका लागि बजेट विनियोजन गरिएको छ । मड्डलतीर्थमा ताहा फल्चा र हनुमानघाट पारी सत्तल पुनःनिर्माण कार्य अगाडि बढाइनेछ ।
३. अमूर्त सम्पदा र साँस्कृतिक प्रबद्र्धन
ड्ड भक्तपुरलाई ‘जीवन्त सम्पदा सहर’ को रूपमा कायम राख्न बिहान र बेलुकाको समयमा पाटी–पौवाहरूमा भजन र साँस्कृतिक गतिविधिहरू सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
ड्ड पर्यटकहरूको बसाइ लम्ब्याउन साँस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गरी नियमित साँस्कृतिक प्रदर्शनहरू थालनी गरिनेछ ।
ड्ड सम्पदा क्षेत्रमा रात्रिकालीन बत्ती र सीसी क्यामेराको व्यवस्था गरी रात्रिकालीन पर्यटनलाई समेत प्रबद्र्धन गरिनेछ ।
४. नगरवासीलाई प्रोत्साहन र अनुदान
ड्ड नगरको मौलिकता जोगाउन आफ्नो घर परम्परागत शैलीमा निर्माण गर्ने नगरवासीहरूलाई नगरपालिकाले प्रदान गर्दै आएको आर्थिक अनुदानलाई निरन्तरता दिइएको छ । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
ड्ड निजी क्षेत्रका ऐतिहासिक महत्वका घरहरूको पुनःनिर्माणमा सहजीकरण गर्ने नीति लिएको छ ।
५. डिजिटल अभिलेखीकरण र प्रविधि
ड्ड नगरका प्रमुख सम्पदाहरूको संक्षिप्त परिचय, भिडियो र इतिहास समेटिएको मोबाइल एप र क्युआर कोड (त्तच् ऋयमभ) निर्माण गरिनेछ ।
ड्ड मन्दिर, द्यो छेँ, देवालय, शिवालय, बहाबही, चोक, ननी, पाटी र ढुड्डेधाराहरूको डिजिटल अभिलेखीकरण गरी भविष्यका लागि सुरक्षित राखिनेछ ।
नगरपालिकाले सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणका लागि नगरपालिकाले आगामी वर्ष कुल ७ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।
कृषि ः
भक्तपुर नगरपालिकाले कृषि क्षेत्रको लागि आगामी आ.व. मा विभिन्न कार्यक्रम र बजेट प्रस्ताव गरेको छ ः–
१. पूर्वाधार विकास र बजारीकरण
ड्ड भक्तपुर नगरपालिका वडा नं. ८, लिवालीमा निर्माणाधीन शीतभण्डार (ऋयमि क्तयचबनभ) को निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
ड्ड वडा नं. ५ मा निर्माण भएको तरकारी बजारलाई सञ्चालनमा ल्याइनेछ र स्थानीय कृषि उत्पादनको प्रबद्र्धनका लागि समय समयमा कृषि उत्पादन मेला तथा ‘सस्तो बजार’ आयोजना गरिनेछ ।
२. सहुलियत र अनुदान
ड्ड नगरपालिकाद्वारा सञ्चालित प्राड्डारिक मल उत्पादन केन्द्रबाट उत्पादित कम्पोष्ट मल र कृषि चुन नगरबासी किसानहरूलाई सहुलियत दरमा बिक्री वितरण गरिनेछ ।
ड्ड परिचय पत्र प्राप्त सूचीकृत किसानहरूलाई उद्यमशीलताका लागि सहुलियत ब्याजदरमा ‘कृषि ऋण’ उपलब्ध गराउने व्यवस्था मिलाइएको ।
३. प्राड्डारिक खेती र वातावरण संरक्षण
ड्ड रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै प्राड्डारिक खेतीलाई प्रोत्साहन दिइनेछ । यसका लागि किसानहरूलाई जैविक मल र जैविक विषादी बनाउने तथा प्रयोग गर्ने सम्बन्धी अभिमुखीकरण र तालिम प्रदान गरिनेछ ।
ड्ड किसानहरूका लागि उन्नत बीउबिजनको प्रयोग, आधुनिक कृषि अभ्यास र माटो परीक्षण सम्बन्धी विशेषज्ञहरूबाट तालिमको व्यवस्था मिलाइनेछ ।
४. संस्थागत सहयोग र अध्ययन
ड्ड कृषि क्षेत्रमा अध्ययन–अनुसन्धान गर्न चाहने विद्यार्थीहरूलाई नगरपालिकाले अनुसन्धान वृत्ति (च्भकभबचअज ँभिियधकजष्उ) प्रदान गर्ने नीति लिएको छ ।
ड्ड सहकारी संस्थाहरूलाई कृषि जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
यी कार्यक्रमहरूका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार निर्माण
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत विनियोजन गरेको छ । नगरपालिकाको गौरवका आयोजनाहरू र वडास्तरका योजनाहरूलाई समेटेर तयार पारिएको भौतिक पूर्वाधारतर्फको विवरण यहाँ प्रस्तुत छ ः
ड्ड वडा नं ६ स्थित देकोचामा अरनिको सभाभवन निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन १५ करोड २५ लाख रकम विनियोजन गरिएको छ ।
ड्ड हनुमन्ते र कासन खोला सुधार योजना अन्तर्गत खोलाको दुवैतर्फ टेवा पर्खाल (च्भतबष्लष्लन ध्बिि) निर्माण र ब्रह्मायणीदेखि महेश्वरीसम्मको खोला किनारमा करिडोर निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
ड्ड लिवाली आवास योजना र देको–मिवा–इतापाके आवास योजना क्षेत्रका बाँकी सडकहरूमा नाली निर्माण र कालोपत्रे (द्यबिअपतयउ) गर्ने कार्य गरिनेछ । यस्तै, कमलविनायकदेखि खरिपाटी व्यारेकसम्मको सडक स्तरोन्नति गरिनेछ ।
ड्ड कयतामरु घाटमा पुल निर्माण गरी ल्योसिंख्योदेखि अरनिको राजमार्गसम्म सहज पहुँच पुर्याइिनेछ ।
ड्ड वडा नं १ को तकोकिवा बहुउद्देश्यीय भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड वडा नं ५ स्थित पसीखेलमा पार्किङ क्षेत्र सञ्चालनमा ल्याइनेछ र अन्य उपयुक्त स्थानहरूमा पनि पार्किङ पूर्वाधार निर्माण गरिनेछ ।
ड्ड देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना अन्तर्गत बाँकी रहेका भौतिक पूर्वाधारहरू (सडक, ढल र बिजुली) निर्माण कार्य गर्न सहजीकरण गरिनेछ ।
ड्ड नगरका विभिन्न वडाहरूमा ढल निकास र खानेपानी पाइपलाइन विस्तारका लागि एकीकृत पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
पर्यटन प्रबद्र्धनः
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष का लागि पर्यटन प्रबद्र्धन गर्न कुल ३ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ ः–
ड्ड भक्तपुरलाई पर्यटनको आकर्षण केन्द्र बनाउन इतिहास र संस्कृतिका विज्ञहरूको प्रतिनिधित्व रहने गरी एक ‘सम्भाव्यता अध्ययन समिति’ गठन गरिनेछ । यस समितिले अल्पकालीन र दीर्घकालीन पर्यटन योजनाहरू निर्माण गर्नेछ ।
ड्ड नगरको पर्यटन प्रबद्र्धनका लागि भक्तपुर पर्यटन विकास समिति, होटल एशोसिएशन अफ भक्तपुर, ट्राभल एजेन्सीहरू र डिजिटल सामग्री सिर्जनाकर्ता (ऋयलतभलत ऋचभबतयचक) सँग समन्वय र सहकार्य गरिनेछ ।
ड्ड पर्यटकहरूको आकर्षणका लागि समय–समयमा विभिन्न उत्सव, मेला, सन्ध्याकालीन पदयात्रा र साँस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ ।
ड्ड भाज्या पुखु, न्हुपुखु (रानी पोखरी) र बाहारे पुखू (कमलविनायक पोखरी) जस्ता ऐतिहासिक पोखरीहरूमा स्थानीय तथा घरेलु उत्पादन र साँस्कृतिक गतिविधि सहितका मेलाहरू सञ्चालन गरिनेछ । नपुखुमा ‘वाटर साइक्लिङ’ (ध्बतभच ऋथअष्लिन) सेवा सुरु गरिनेछ ।
ड्ड सम्पदा क्षेत्रमा रात्रिकालीन बत्ती र सीसी क्यामेराको व्यवस्था गरी रात्रिकालीन पर्यटनलाई प्रबद्र्धन गरिनेछ । यसका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
ड्ड नगरका मुख्य नाकाहरूमा पर्यटक सूचना केन्द्रहरू स्थापना गरिनेछ र डिजिटल माध्यमबाट (मोबाइल एप, क्युआर कोड) सम्पदाहरूको जानकारी उपलब्ध गराइनेछ ।
ड्ड पर्यटनलाई स्थानीय जनजीविकासँग जोड्न होमस्टे (ज्यmभकतबथ), फ्यामिली स्टे र टुर गाइड (त्यगच न्गष्मभ) तालिमहरू सञ्चालन गरिनेछ ।
ड्ड भादगाउँले टोपी, ताइच्युन चिउरा, जुजु धौ र मौलिक काष्ठकलाको संरक्षण तथा प्रबद्र्धनका लागि बागमती प्रदेश सरकारसँगको साझेदारीमा कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन ः
भक्तपुर नगरको वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार अर्थात ९.०१ प्रतिशत रकम विनियोजन गरिएको छ ।
ड्ड नगरका सम्पदा क्षेत्र, खुला क्षेत्र, खोला र पोखरीहरूको नियमित सरसफाइका लागि जनप्रतिनिधि र कर्मचारीहरूको नेतृत्वमा स्थानीय जनताको सहभागितामा सञ्चालित पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ड्ड ‘एक सहकारी, एक क्षेत्र सरसफाइ’ नीति अन्तर्गत सहकारी संस्थाहरूलाई पनि सरसफाइ अभियानमा सक्रिय रूपमा परिचालन गरिनेछ ।
ड्ड नगरका मुख्य नाकाहरूमा हरियाली व्यवस्थापन र सरसफाइलाई विशेष प्राथमिकता दिइनेछ ।
ड्ड नगरको ढल निकास व्यवस्थापनमा सुधार गर्न र आवश्यक पूर्वाधार निर्माण गर्न सरोकारवाला सरकारी निकायहरूसँग समन्वय गरिनेछ ।
ड्ड आधुनिक प्रविधिको प्रयोग गरी कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने कार्यलाई तीव्रता दिइनेछ । सिलखे प्राड्डारिक मल पूर्वाधार निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
ड्ड नकुहिने फोहोरका लागि ३च् (च्भगकभ, च्भअथअभि, च्भमगअभ) विधिको प्रयोग गरी फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गरिनेछ ।
ड्ड वातावरणीय प्रदूषण घटाउन प्लास्टिकका झोला तथा प्लास्टिकजन्य सामग्रीहरूको प्रयोगमा न्यूनीकरण गरिनेछ ।
ड्ड नगरलाई ध्वनी र वायु प्रदूषणमुक्त बनाउन साइकल यात्रालाई प्रोत्साहनको साथै नाका नाकामा साइकल स्ट्याणडको व्यवस्था गरिनेछ र मुख्य सडकहरूमा भारी सवारी साधन प्रवेशमा क्रमशः निषेध गरी पैदलयात्रीमैत्री बनाइनेछ ।
ड्ड बिजुली, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारहरूलाई हटाएर भूमिगत तार व्यवस्थापन (ग्लमभचनचयगलम ऋबदष्लिन) कार्यलाई शीघ्र सम्पन्न गरिनेछ ।
ड्ड नगरका विभिन्न स्थानमा आकर्षक पार्कहरू निर्माण गरिनेछ र सम्पदा स्थलहरूमा फूलका गमलाहरू राखेर सौन्दर्यीकरण गरिनेछ ।
खेलकुदः
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि खेलकुद क्षेत्रलाई शिक्षासँगै जोडेर लैजाने नीति लिएको छ । नगरका युवा तथा विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद विकास र पूर्वाधार निर्माणमा ३ करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।
ड्ड भक्तपुर नगरपालिका वडा नं. २ मा रहेको शहीद स्मृति खेल मैदान र वडा नं. ७ मा रहेको महेश्वरी खेल मैदानको स्तरवृद्धि तथा सुदृढीकरण गरिनेछ।नगरको उपयुक्त स्थानमा कभर्ड हल र फुटसल मैदान निर्माणका लागि आवश्यक तयारी र बजेटको व्यवस्था गरिएको छ ।
ड्ड नगरको उपयुक्त स्थानमा पौडी पोखरी निर्माण गरिनेछ र बालबालिकाहरूका लागि पौडी प्रशिक्षण केन्द्रको रूपमा विकास गरिनेछ । वडा–वडामा रहेका खुल्ला व्यायामशाला (इउभल न्थm) हरूलाई थप व्यवस्थित बनाउँदै विद्यालय स्तरसम्म विस्तार गरिनेछ ।
ड्ड नियमित रूपमा खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ ।
ड्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न विभिन्न खेलका लागि नियमित प्रशिक्षणको व्यवस्था मिलाइनेछ।विद्यालयका खेल शिक्षकहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।
ड्ड नगरपालिकाले आगामी वर्षदेखि खेलाडीहरूको बीमा गर्ने कार्य आरम्भ गर्ने नीति लिएको छ ।
ड्ड अपाड्डता भएका नगरवासीहरूका लागि उनीहरूको क्षमता अनुसारको खेलकुद र अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ ।
ड्ड स्थानीय खेलकुद समिति, टिम–क्लब, पुस्तकालय र वाचनालयहरूलाई परिचालन गरी वडा र नगर स्तरमा खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
ड्ड विद्यालयहरूमा खेलकुद प्रशिक्षकको व्यवस्था गरी विद्यार्थीहरूलाई सानै उमेरदेखि खेलप्रति रुचि जगाउने कार्यक्रम ल्याइनेछ ।
विविध योजना तथा कार्यक्रमहरू
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि विविध योजना तथा कार्यक्रमहरू अन्तर्गत प्रशासनिक सुधार, प्रविधिमैत्री सेवा, विपद् व्यवस्थापन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निम्न कार्यहरू अगाडि बढाउने प्रस्ताव गरेको छ ः
१. सार्वजनिक जग्गा संरक्षण र औद्योगिक विकास
ड्ड नगरपालिकाभित्र रहेका पर्ती तथा सार्वजनिक जग्गाहरूको अभिलेखीकरण गरी तिनको संरक्षण र सामूहिक हितमा उपयोग गरिने नीतिलाई निरन्तरता दिइनेछ।
ड्ड भक्तपुर नगरपालिका वडा नं. २, सानोब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला र घरेलु उत्पादनमा आधारित ‘औद्योगिक ग्राम’ को रूपमा विकास गर्न पहल गरिनेछ । भक्तपुर क्राफ्ट उद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
२. डिजिटल सेवा र सुशासन
ड्ड नगरका महत्वपूर्ण पर्यटकीय स्थल र सम्पदा क्षेत्रहरूमा निःशुल्क वाइफाइ
(ँचभभ ध्ष्–ँष्) को व्यवस्था मिलाइनेछ ।
ड्ड नगरवासीको सुविधाका लागि अनलाइन कर संकलन र अनलाइन नक्सा पास प्रक्रियाको थालनी गरिनेछ । कर टोलीहरू परिचालन गरी घरदैलोमै कर संकलन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
ड्ड परम्परागत प्रविधिको संरक्षण गर्न माटो जोडाइका घर निर्माणको नक्सा पास प्रक्रियालाई सहज बनाइने र नक्सा पास दस्तुरमा छुट दिने नीति लिइएको छ ।
३. विपद् व्यवस्थापन र राहत
ड्ड विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनःस्थापनाका लागि ’प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाइनेछ। यसका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
ड्ड युवा स्वयंसेवक टोलीहरू गठन गरी उनीहरूलाई आगलागी, बाढी र पहिरोजस्ता विपद् प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिनेछ ।
४. बजार अनुगमन र सहरी व्यवस्थापन
ड्ड उपभोक्ताको हित संरक्षणका लागि बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाइनेछ । व्यवसायीहरूको ढक–तराजु नवीकरण गर्ने व्यवस्था नगरपालिकाबाटै मिलाइनेछ ।
ड्ड छाडा कुकुर तथा चौपाया नियन्त्रण र व्यवस्थापन कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड नगरमा अस्थायी बसोबास गर्ने र डेरामा बस्ने व्यक्तिहरूको तथ्याङ्क संकलन र अभिलेखीकरण गरिनेछ ।
५. प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापन
ड्ड नगरपालिकाको सेवालाई चुस्त र सेवाग्राहीमैत्री बनाउन कर्मचारीहरूको कार्यमूल्याड्ढनका आधारमा ‘दण्ड र पुरस्कार’ को व्यवस्था गरिनेछ ।
ड्ड कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न नियमित तालिमहरू सञ्चालन गरिनेछ ।
६. विविध
ड्ड २०७२ सालको भूकम्प पीडितहरूलाई भग्नावशेष व्यवस्थापन र नक्सा पास प्रक्रियामा सहजीकरण गरिनेछ ।
ड्ड नगरपालिकाका लागि आवश्यक जग्गा खरिद र सार्वजनिक भवनहरूको मर्मत सम्भारका लागि बजेटको व्यवस्था गरिएको छ ।
सभाध्यक्ष महोदय,
बजेटको सफलता यसको प्रभावकारी कार्यान्वयनमा भर पर्छ । स्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धिहरू हासिल गर्न र नगरवासीहरूलाई गुणस्तरीय सेवा–सुविधा उपलब्ध गराउन सकिन्छ । त्यसैले, लक्ष्य अनुसारको राजस्व संकलन हुनु अनिवार्य छ । म यसै गरिमामय सभा र बजेट वक्तव्यमार्फत भक्तपुर नगरपालिकाका समस्त करदाता महानुभावहरूमा समयमै तोकिएको कर तिरी जिम्मेवार नागरिकको परिचय दिन र नगरको विकास र सेवा–सुविधाको हकदार बन्न हार्दिक अपिल गर्दछु ।
नगरपालिकाको सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी बजेट तयार गर्दा नगरवासीका सबै चाहना र आवश्यकताहरू एकैपटक सम्बोधन गर्न सम्भव हुँदैन । त्यसैले, हामीले प्राथमिकता र आवश्यकताका आधारमा स्रोत र साधनको उपलब्धतालाई मध्यनजर गर्दै यो बजेट तथा कार्यक्रम तयार पारेका छौं ।
बजेट तर्जुमासँगै यसको सफल कार्यान्वयन अर्को महत्वपूर्ण पाटो हो । योजना तथा कार्यक्रमहरू समयमै र प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मात्र बजेटले लिएको उद्देश्य पूरा हुनेछ । त्यसैले, यो बजेटको पूर्ण र सफल कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षलाई म हार्दिक अनुरोध गर्दछु ।
अन्त्यमा, प्रस्तुत बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्यातउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यहरू, सञ्चार जगत्, नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी मित्रहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, भक्तपुरको विकास प्रक्रियामा निरन्तर सहयोग उपलब्ध गराउने नेपाल सरकार, बागमती प्रदेश सरकार, सरोकारवाला सहयोगी संघ–संस्थाहरू र वडा एवं नगर स्तरीय सुझाव संकलन कार्यक्रममा सहभागी भई महत्वपूर्ण सुझाव दिनुहुने सम्पूर्ण नगरवासीहरूप्रति भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।
आगामी दिनमा पनि भक्तपुरको सर्वाड्डीण विकासका लागि यहाँहरूको साथ, सहयोग र सद्भावव निरन्तर रहने विश्वासका साथ म यो बजेट वक्तव्य यहीँ समापन गर्दछु ।
धन्यवाद ।
मितिः २०८३ असार १० गते, बुधबार
रजनी जोशी
उप प्रमुख














