भक्तपुर, माघ २१गते
ईटा ढुवानीको साधनको रुपमा इटा उद्योगले घोडा खचरलाई प्रयोग गर्न थालेपछि पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले नियमन थालेको छ । पशुपन्छिको बाँच्न पाउने अधिकार बारे जनचेतना फैलाउँदै तीनीहरुलाई स्वस्थ व्यवहारको अपेक्षा गर्दै भक्तपुरका ईटा भटाहरुमा नियमन तथा परामर्श थालेका हुन । विरामी, अशक्त घोडालाई उपचार र रेकडेक गर्ने देखि तिनीहरुको क्षमता अनुसार मात्रै काममा लगाउने तथा आरामको समेत व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन । घोडा खचरलाई दैनिक ८ घण्टा भन्दा बढी काममा नलगाउन अनुरोध समेत गरेको हो ।
घोडा खचरको उचित आधार बिहार र स्याहार सुसार बारे जानकारी दिन थालेका हुन । तीनीहरुलाई आज ताथलीका जनप्रतिनिधीहरुसँग अन्तरक्रिया गर्दै अशो जातिका घोडा खचरलाई स्थानीय सरकार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन बारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरेका थिए । वडाध्यक्ष गणेश त्याटले सबै भन्दा पहिले घोडा खचरलाई गर्नु पनि व्यवहार बारे सचेतना दिने र त्यसपछि नियमकानुन बारे परामर्श दिई सचेत बनाउने तथा अतेर गर्नेलाई नीयम अनुसार कार्वाही गर्न सकिने विचार राख्नु भयो । परामर्श केन्द्रका भेषराज बास्तोलाले आयमुलक पशुपन्छि पाल्ने र आय नहुने रोगि विरामी अशत्त पशुपन्छिहरु सडकमा छाड्ने गलत पारिपातिले पशुहरुमा अमानविय व्यवहार समेत हुने गरेको भन्दै पशु अधिकार हनन हुन नदिन परामर्श सेवाले विभिन्न सेवाहरु सञ्चालन गर्दै आएको बताउनु भयो । पशु पालकलाई प्राथमिक उपचार गर्ने सिप, पशु अधिकारका नीतिगत व्यबहार बारे जानकारी परामर्श दिन्दै आएको बताउनु भयो ।
ताथलीमा भुस्या कुकुरको बिगविगि रहेकोले बन्ध्याकरण गराउनुपर्ने भन्दै टोलवासीहरुका सचेतना आएसँगै पशुपन्छिमा गर्ने व्यवहार सुधार हुँदै आएको वडा सदस्य कृष्णराम बासुकलाले सो अवसरमा बताउनु भयो । एउटा कुकुरले धेरैलाई टोक्ने, एक्कै पटक धेरै छाउरा जन्माउने, बन्ध्याकरण गराउन खर्चालु भएकाले नियन्त्रण गर्न असजिलो भएका बताएका हुन ।
सो परामर्श सेवाले इटा उद्योगी व्यवसायी र घोडा धनीहरुलाई समेत परामर्श दिन्दै सरोकारवाला निकाय अन्तर्गत स्थानीय तहका जनप्रतिनिधीहरुलाई समेत पशु अधिकार सम्बन्धि नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन र आवश्यक व्यवस्थापन गर्न गराउन अनुरोध गरेको हो । भक्तपुर जिल्लामा रहेका ६२ वटा ईटा उद्योगहरु मध्ये चाँगु नारायण नगरपालिकामा रहेका ईटा उद्योगहरुमा रहेका ३ सय भन्दा बढी घोडा खचरहरुको नियमन गरेका हुन । ईटा बनाउने सिजनमा काम लिने सिलसिलामा घोडा खचर विरामी पर्ने, अशक्त हुने, घाइटे हुने तथा आहारबिहार नपुर्याइकनै काममा लगाई राख्न सक्ने भएकाले सभ्य ब्यवहार गर्न अनुरोध गरेका हुन । विरामी, घाइटे घोडा खचरले ईटा पनि राम्रोसँग बोक्न नसकिने भएकाले तिनीहरुलाई स्वस्थकर व्यवहार गर्न सके राम्रोसँग काम पनि लिन सकिने परामर्श सेवाको थम्याइ हो । परामर्श सेवाका उमेश र केशर सिं रानाभाटले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो भने कार्यक्रममा जनप्रतिनिधी र कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो ।














