भक्तपुर चेम्बर अफ कमर्शको नेपाल सम्वत् ११४२ न्हुदं, शुभ दिपावली २०७८ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम ।

भक्तपुर चेम्बर अफ कमर्शको नेपाल सम्वत् ११४२ न्हुदं, शुभ दिपावली २०७८ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम ।
नगर चेम्बरका पदाधिकारीहरु मनोनित

भक्तपुर चेम्बर अफ कमर्शले नेपाल सम्वत् ११४२ न्हुदं, शुभ दिपावली २०७८ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना ग¥यो । भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा वहांले सहभागीहरुलाई स्वागत गर्नुहुदै समग्र जिल्लाको आर्थिक सामाजिक विकासमा टेवा पु¥याउनु नै संस्थाको प्रमुख उद्देश्य भएको बताउनु भयो ।

सो अवसरमा कार्यक्रमको समुदघाटन गर्नुहु“दै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष श्री राजेन्द्र मल्लले सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने बताउनु भयो ।

यसैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले व्यवसायीले आर्थिक गतिविधिहरुका अलावा सामाजिक सेवामा समेत योगदान गर्दै आएको कार्य अत्यन्तै सराहनिय रहेको बताउनु भयो ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य श्री रोशन भोयद्यो र भक्तपुर लायन्स सेवा समन्वय समितिका संयोजक श्री विष्णु भक्त मारिखुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।सो क्रममा भक्तपुर चेम्बर अफ कमर्शका कोषाध्यक्ष श्री जगत बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसैगरी उक्त कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शबाट प्रकाशित स्मारिका आर्थिक सम्वाह २०७८ को विमोचन कार्यक्रमका प्रमुख अतिथ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्री राजेन्द्र मल्ल र विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री रुद्रदेवी शर्माले संयुक्त रुपमा गर्नु भएको थियो ।

सोही अवसरमा भक्तपुर चेम्बर अफ कमर्श अन्तर्गत नगर इकाईका रुपमा जिल्लाका चारवटै नगरपालिकाहरुमा गठन भएको नगर चेम्बरका पदाधिकारीहरुलाई प्रमुख अतिथि श्री राजेन्द्र मल्लबाट मनोनयन पत्र प्रदान गर्नुभयो ।

जस अनुसार भक्तपुर नगर चेम्बरमा श्री रोधे सुन्दर सा“यजु अध्यक्ष,श्री रस्मी सिल्पकार, उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री न्हुछे राम धुख्वा, श्री बाल मुकुण्ड प्रधान र श्री विजय हाछेथु रहनु भएको छ । यसै गरी चांगु नारायण नगर चेम्बरमा श्री गोकुल प्रसाद प्रजापति, अध्यक्ष,श्री सुनिता जोन्छें धौभडेल, उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री विक्रम प्रजापति, श्री जीवन मारिखु र श्री रमेश ह्यौमिखा रहनु भएको छ । त्यस्तै सूर्यविनायक नगर चेम्बरमा श्री राम गोपाल सुवाल, अध्यक्ष, श्री सुचित्रा श्रेष्ठ, उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री रवि नारायण कायष्ठ, श्री नानी बाबु थापा र श्री कृष्ण सदन अवाल रहनु भएको छ । मध्यपुरथिमि नगर चेम्बरमा श्री सचिन्द्र श्रेष्ठ, अध्यक्ष, श्री उषा प्रजापति, उपाध्यक्षर सदस्यहरुमा श्री पुष्प लाल मानन्धर, श्री रविन्द्र कुमार श्रेष्ठ र श्री प्रविन लाल श्रेष्ठ, सदस्य रहनु भएको छ ।

सोही अवसरमा भक्तपुर चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा मनोनित हुनु हुने श्री माधव प्रसाद प्रजापति, श्री ज्ञानेन्द्र मानन्धर र श्री सुरेन्द्र जाकीबन्जारलाई प्रमुख अतिथि श्री राजेन्द्र मल्लले मनोनयन पत्र र चेम्बरको पिन हस्तान्तरण गर्नु भएको थियो ।