अबिरल वर्षाका कारण भक्तपुरमा डुबान, प्रहरीद्वार ४ जनाको उद्धार

अबिरल वर्षाका कारण भक्तपुरमा डुबान, प्रहरीद्वार ४ जनाको उद्धार
भक्तपुर, श्रावण २३ गते
अविरल बर्षाका कारण झक्तपुरका विभिन्न ठाउँहरु डुवानमा परेको छ । विशेष गरी हनुमन्ते नदिको ततिय क्षेत्रहरुमा जलमग्न भई जनजीवन प्रभावित भएको हो । भक्तपुर नगरपालिका वडा न४स्थित हनुमन्ते खोलाको छेउमा रहेको राममन्दिर परिसरमा खोलाको पानी पसी डुवान भएको थियो । मन्दिर डुवानमा परेपछि मन्दिर भित्र रहेका ४ जना मानिसहरुलाई प्रहरीले सकुसल उद्धार गरिएको छ । प्रहरीद्वारा उद्धार गरिएका मानिसहरु ८२ वर्षका भोजराज खरेल, ४४ वर्षका दुर्गा गुरुङ, ११ वर्षकी मेघना गुरुङ र ६० वर्षकी सिता राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।
यसै बीच हिजो साँझबाट परेको वर्षाले हनुमानघाट, सिद्धिस्मृति अस्पताल परिसर जलमग्न हुनुका साथै बाराहीस्थित पाटीहरु डुवानमा परेको छ ।