अबैध मल बिक्रि गरेको आसंकामा, पसलमा प्रशासनको ताला

अबैध मल बिक्रि गरेको आसंकामा, पसलमा प्रशासनको ताला
भक्तपुर,
किसानहरुलाई यतिबेला रासायनिक मलको खाँचो छ । रोपाईको सिजनमा कृषकहरु मल पाए जतिसुकै रकम तिर्न पनि तयार हुन्छन् । तर बजार मूल्य भन्दा बढी तिर्नुपर्दा भन्ने गुनासो गर्नेको माहोल पनि बढेको छ । सरकारी अनुदानको मल सस्तोमा पाउने भए पनि अहिले बजारमा नपाएपछि निजि तवरले ल्याएका मलहरु चर्को मूल्य तिरेर किन्न कृषकहरु बाध्यता छन् । यस्तै बाध्यतामा परेका कृषकहरुको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफै ग्राहक बनेर अबैध मल बिक्रि वितरण गरेको आसंकामा पसलमा ताला लगाई दिएको छ । अनुगमणको क्रममा एउटै पसल भित्र साल्टेडिङ्गको मल देखि अनधिकृतरुपमा बिक्रिमा राखेको भारतीय मलहरु समेत पाइएपछि कमलविनायकस्थित एक मल कारखानामा ताला लगाई दिएको हो । ६८ वर्षिय जेष्ठ नागरिक न्हुछेभक्त कटुवाजुले सञ्चालन गर्दै आएको सो मल बिक्रि कक्षमा साह्रे १२९ बोरा विभिन्न मलहरु रहेको र सो मलको बैधानिकता र मूल्य तथा अनुदानको मल भए नभएको बारे छानबिन गर्न अनुगमण टोलिले सो पसलमा ताला लगाएको प्रशासनिक अधिकृत रविन कुमार राई बताउँछन् । मलको अभाव भएको बेला विभिन्न क्षेत्रबाट मल ल्याएर बिक्रि वितरण गरिरहेका साहुले अनियमिता गर्यो भनेका छैनौ, तर ति मलहरु गुणस्तरीय र उपयोगि छन् कि छैनन् । बजार मूल्यभन्दा बढी लिएको छ कि छैन, पसलमा राखिएका विभिन्न ब्राण्डका मलहरु बिक्रि गर्ने अनुमति पत्र प्राप्त छ कि छैन भन्ने विषयहरुमा छानबिनको लागि मात्र ताला लगाएको अनुगमण टोलीको भनाई छ । संकलित विवरणहरुको अनुसन्धानपछि मात्रै मल बिक्रेता दोषी छ, छैन थाहा हुने भन्दै अधिकृत राईले गुनासो आएपछि आफैले मल किनेर अनुगमण गरेको बताए ।

अनुसन्धान अधिकृत भानुभक्त शर्माले साहुको कुरा सुन्दा कृषकहरुको माग पूर्ति गर्न विभिन्न क्षेत्रबाट मल ल्याएर बिक्रि गरेको देखियो । सरकारी अनुदानको युरिया मल ११००मा बेच्नुपर्नेमा उहाँले २१ सयमा भारतीय मल बेचेको पाईयो । यो मल बेच्न स्वीकृती प्राप्त हो वा होइन हामी छानबिन गर्दै छौं उहाँले भने ।
सृजना नगर सहकारी संस्थाको सिफारिसमा समेत मल बिक्रि गर्दै आएको सो पसलबाट अनुगमण टोलिले सो पसलमा रहेको भारतीय मल साह्रे ६४ बोरा, भारतीय पोतास साह्रे ३२ बोरा, सिडल सुर सल्फेट साह्रे ७ बोरा, एल्मुनियम सल्फेट साह्रे ३ बोरा, जिम्सन फर्टीलाइजर ३ बोरा, साल्ट टेडिङ्ग कम्पनीको एस एसप पि मल १७ बोरा, किसान मल साह्रे एक बोरा गरी जम्मा साह्रे १२९ बोरा मललाई अनुसन्धानको दायरामा ल्याएको हो ।
कमलविनायकस्थित एनबि मल पसलमा अनुदानको मल बिक्रि गर्दा ५ । १० किल्लो मल लिन पनि सयौ जना लाइनमा बस्ने गरेको भन्दै पसल सञ्चालकले अनुदानको मल आएको बेला सहुलियत दरमै प्रतिकिलो रु.२५मा बिक्रि गरेको तर किसानहरुको बढ्दो मागलाई ठेग्न विभिन्न क्षेत्रबाट आयात गरेको महंगो मल महंगो मै बेचेको उनले बताए । बिगत ३० औं वर्ष देखि मल बिक्रि वितरण गर्दै आएका ति व्यवसायीले गत वर्ष भन्दा सस्तोमा यस वर्ष मल बिक्रि गरेको बताए । गत वर्ष २५०० सम्ममा मल बेचियो, यस वर्ष २१ सयमा । ल्याउनेले कहाँबाट ल्याए थाहा भएन, कहिले भंसि ल्याएको गाडीमा राखेर ल्याउँछन्, कहिले डानाको गाडीमा त कहिले ट्याक्टरबाट पनि ल्याई दिन्छन् । नाकामा प्रहरीलाई छलेर ल्याएको भन्दै आफुसँग पनि बढी मूल्य लिने गरेकोेले सोही अनुसार रकम बढाएर लिने गरेको उनले बताए । मल ल्याई दिनेले बिल दिदैन, आफूलाई लागेको मूल्य लिएको हो । यद्यपी किसानहरुले आफूसँग पनि पुग्ने गरी मल ल्याई नदिएको गुनासो गर्छन् उनले भने ।
यता अनुगमण टोलीले भने मल बिक्रेताले सो मल बिक्रि अनुमति लिएको नपाइएकाले छानविनको दायरामा ल्याएको बताए । जिल्ला स्तरीय छानबिन समितिले अनुसन्धान गरेपछि गल्ति भए कार्वाही र नभए छोडिने भएकाले पसललाई सिल नगरी ताला लगाइ थप छानविनको दायरामा ल्याएको बताए ।