मध्यपुर थिमीनगरको नीति तथा कार्यक्रम र बजेट

मध्यपुर थिमीनगरको नीति तथा कार्यक्रम र बजेट
मध्यपुर, असार१० गते
मध्यपुर थिमी नगरपालिकाले आज एक्कै साथ आर्थिक वर्ष २०८०।८१को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आज बसेको ८ औं नगरसभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट प्रस्तुत गरेका हुन ।
समुन्नत नगर, सबल स्थानीय सरकार मूल नारालाई आत्म साथ गर्दै नगर प्रमुख श्रेष्ठले नगरको सामाजिक क्षेत्र र पूर्वाधारयुक्त व्यवस्थित नगरको परिकल्पनामा आधारिता योजना तथा कार्यक्रमहरु सञ्चालन वर्षको रुपमा परिलक्षित गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको जनाए । १३ पेज लामो नीति तथा कार्यक्रमले मध्यपुर थिमीको कृषि तथा पशुपालन, संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन, एक वडा एक विषयगत सहकारीको अभियान प्रवद्र्धन, नगरका शैक्षिक संस्था सञ्चालनको अनुमति दिने प्रकृयालाई व्यवस्थित र बैज्ञानिक बनाउने, खेलकूदयुक्त पूर्वाधार, स्वस्थ जीवनको आधार सहित मेरो स्वास्थ्य, मेरो सम्पत्ति कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।
गुणस्तरीय सामाजिक, भौतिक पुर्वाधार, व्यवसायिकीकरणको साथमा समृद्ध मध्यपुर निर्माणको आधार नारालाई आत्म साथ गर्दै उपप्रमुख श्रेष्ठले आव २०८०।८१का लागि २ अर्व ९९ करोड ४ लाख २९ हजार २ सयको बजेट प्रस्तुत गरेको छ ।