बालकोटमा करेण्टले एक जनाको मृत्यु

बालकोटमा करेण्टले एक जनाको मृत्यु
बालकोट,श्रावण १९ गते
भक्तपुरको बालकोटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४स्थिल बालकोटमा मेसिनबाट पानी तान्नेक्रममा करेण्ट लागेर गंभिर घाइते भएका ब्यक्तिको उपचारकोक्रममा मृत्यु भएको जनाएको हो । काभ्रे पलाञ्चोक घर भई बालकोटस्थित लोकनाथ लुइटेलको घरमा डेरा गरी वस्ने ६१ वर्षकी डुलमाया गौतम करेण्ट लागेरको कारण उपचारकााक्रममा मृत्यु भएको सूचना अधिकारी बसन्त पाठकले बताए । घाइते गौतमलाई आज साझ करेण्ट लागेपछि उपचारका लागि मध्यपुर अस्पतालमा मृत्यु भएको थियो । घटना बारे अनुसन्धान भईरहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।