शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले गति लिँदै
भक्तपुर, भाद्र २, २०७९
नेपालमै पहिलो पटक २०७२ मंशीर २२ गते बाट कलेजो प्रत्यारोपण सुरु गरेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवाले गति लिँदै छ । २०७९ सम्म जम्मा १० वटा कलेजो प्रत्यारोपण गरेको यस केन्द्रले २०८० सालमा ३ जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ ।
संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण स्वदेशमान न्यून शुल्क रु १५ लाखमा हुने गरेको छ । डा. पुकार चन्द्र श्रेष्ठको सक्रियतामा स्देशी चिकित्सको दक्षता बृद्धी गरी नेपालमानै उपलब्ध जनसक्तीवाट प्रत्यरोपण सेवा सुरु हुन लागे पछि कलेजो प्रत्यारोपण सेवाले गति लिने संकेत गरेको छ । केन्द्रले विदेशी विशेषज्ञ चिकित्सकको सहयोगमा प्रत्यारोपण गर्नु नपर्ने अबस्थामा सुधार भएको संकेत गरेको छ । यस अगाडी हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका देशबाट विज्ञ टिम आएर कलेजो प्रत्यारोपण गर्ने गरेकोमा यस पटक एक जना मात्र विशेषज्ञ चिकित्सकको सहयोगमा केन्द्रको आफ्नै जनशक्तिबाट एक हप्तामा २ जनाको (मिति २०८०।०४।३२ र २०८०।०५।०२ गते २) सफल कलेजो प्रत्यारोपण भएकाले केन्द्र आफैं सक्षम हुँदै गएको र आगामी दिनहरुमा विदेशी विशेषज्ञ चिकित्सकहरु आवश्यक नपर्ने कुरा केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपण सर्जन डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।


गत विहिवार सल्यानका ५२ वर्षीय कृष्ण बहादुर के.सीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै छोरा २३ बर्षीया किरण के.सीले कलेजो दान गरेका हुन् भने शनिवार भएको कलेजो प्रत्यारोपणमा ५७ वर्षिया कुमार राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षा राईले कलेजा् दान गरेकी थिइन ।
प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । सो प्रत्यारोपणमा सहयोग गर्न भारत बाट कलेजो प्रत्यारोपण शल्य चिकित्साक डा शिल्भा कुमार नागानाथन आउनु भएको थियो ।
हाल प्रत्यारोपित र अंगदाता दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक निर्देशक डा श्रेष्ठल बताउनु भयो ।
सो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा राम बाबु साह, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी, डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गर्नु भएको थिए भने नर्सिङ्ग तर्फ पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्की लगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाउनु भएको थियो । त्यसैगरी प्रत्यारोपण गर्ने विरामीको चेक जाँच तथा तयारी कार्य केन्द्रका प्रत्यारोपण कोर्डिनेरहरु, तारा साँध, शनिषा कार्की, सरु कोजुले गर्नु भएको थियो ।
केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११०० जनाको सफल मृर्गौला प्रत्यारोपण गरेको केन्द्रले २०७४ बैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएपश्चात हालसम्म पाँच जना व्यक्तिबाट मस्तिष्क मृत्यू भएको अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ ।
अंग प्रत्यारोपणको लागि अंग दान गर्न आवश्यक छ । उपयुुक्त कानून बने पनि कार्यान्वयन पक्ष हामीले सोचे जस्तो सफल हुनसकेको छै्नं । यसको मूख्य कारण जनचेतनाको कमी नै हो । गाडेर खेर जाने वा जलेर खरानी हुने हाम्रो अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ । यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्म निर्भर हुनसक्ने छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको छ ।
कलेजो प्रत्यारोपण सफल पार्न सहयोग गर्नु भएकोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या, मन्त्रालय, माननीय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्ने, सचिव ज्यूहरु डा रोशन पोखरल र श्री देव कुमारी गुरागाँई, नेपाल मेडिकल काउन्सिल, अन्य संघ संस्था र केन्द्रका कर्मचरीको सहयोग महत्वपूर्ण रहेको भन्दै कार्यकारी निर्देशकज्यूले सवैलाई धन्यवाद समेत दिनु भयो ।













