भाषा र संस्कृति संरक्षणमा स्थानीय पहल प्रशंसनीय
ललितपुर । २०८० जेठ २१ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा बस्ती संरक्षण र संबद्र्धनमा स्थानीय तह र स्थानीय जनताबाटै विशेष पहल हुनु आवश्यक भएको बताउनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. २१ को आयोजनामा ऐतिहासिक एवम् सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको सुअवसरमा जात्रापर्व सञ्चालनार्थ द्यो गँःमा नवप्रवेश गर्नुभएका देवगणहरुको स्वागत तथा सम्मान आयोजित बृहत देभ्वय् कार्यक्रममा बोल्दै उहाँले ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको खोखनालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने सम्भावना भएको बताउनुभयो ।
उहँले भाषा, संस्कृति, पहिचान भएको

हुँदा त्यसको संरक्षण आफैले गर्नुपर्नेमा जोड दिनुभयो । उपत्यकाका सांस्कृतिक क्षेत्रमाथि तीव्र रुपमा अतिक्रमण भइरहेकोबारे स्पष्ट पार्दै उपत्यकाका पुराना बस्तीहरुको संरक्षण गरी सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नु आवश्यक छ भन्नुभयो ।
खोखना र भक्तपुरको सांस्कृतिक सम्बन्धको विकास गरी समन्वयात्मक रुपमा अघि बढ्न सके संस्कृतिको संरक्षणमा मद्दत पुग्ने धारणा उहाँले राख्नुभयो ।
भक्तपुर नपाले पर्यटन शुल्कबाट उठेको रकमबाट भक्तपुरको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा खर्च गर्दै आएको बताउँदै भक्तपुर नपाले परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई उचित अनुदानको व्यवस्था गरी प्रोत्साहित गर्र्दैै प्राचीन सहरलाई बचाइ राख्ने प्रयत्न गरिरहेको बताउनुभयो ।
राजनीतिबाट कोही व्यक्ति अलग रहन नसक्ने बताउँदै उहाँले नागरिकताप्रति राज्य संवेदनशील हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्दै उहाँले नेपाली नागरिकलाई नागरिकता दिनु कुनै आपत्तिको विषय नभएको बताउँदै विदेशीलाई नेपाली नागरिकता दिनु कुनै पनि हालतमा ठीक नभएको र यसले देश नै नरहने खतरा बढेको बताउनुभयो ।














