ससाना फार्निचर उद्योगहरुलाई आर्थिक सामाजिककीकरणले सक्षम र प्रतिस्पर्धी बनाउन सकिने सांसद सुवालको जोड
भक्तपुर, पुस २९ गते
ससाना फार्निचर उद्योगहरुको आर्थिक सामाजिककीकरण गरेर सक्षम र प्रतिस्पर्धी बनाउन सकिने धारणा राख्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर सिकर्मी संघको १२ औं वृहत्त भेला तथा चौथौं अधिवेशनको उद्घाटन गर्नु भएको छ । सोमबार भक्तपुरमा आयोजित सो अधिवेशनलाई सम्बोधन गर्दै सांसद सुवालले गाँसबासँ सिमित फार्निचर उद्योमीहरु देशभक्त र निःस्वार्थी भएर व्यवसाय प्रवर्धनसँगै आफ्ना छोरा छोरीहरुको उज्जवल भविष्यलाई पनि ध्यान दिन आवश्यक भएकोमा जोड दिनु भयो । सरकार विदेशी बियर, रक्सिी, चुरोट र गाडी आयात तथा बिक्रिबाट आयश्रोत बटुलि रहेको बेला यी नै मादकपदार्थ र जम्फुड खाएर हामी विरामी हुनु भन्दा छोरा छोरीलाई योग्य बनाउने तर्फ ध्यान दिन उहाँले आग्रह गर्नु भयो । आफ्ना छोरा छोरीलाई सक्षम बनाउन सके मात्रै भविष्यमा तिनै छोरा छोरीले पालिने विश्वास सांसद सुवालले व्यक्त गर्नु भयो ।
स्वदेशी उद्योगहरु ठूलठूला र विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्थामा रहेकाले ससाना उद्यमीहरुले सामाजिकीकरणतर्फ ध्यान दिन साँसद सुवालले आग्रह गरिएको सो कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर संघका उपाध्यक्ष उपेन्द्र सुवालले व्यवसाय प्रवर्धनमा देखिएको चुनौति सामना गर्नकालागि पनि संगठित हुन आवश्यक भएको उल्लेख गर्दै उहाँले संगठित भए मात्रै पेसागत समस्या र गुनासाहरुलाई सरकारबाट सम्बोधन गराउन सकिने धारणा राख्नु भयो । कार्यक्रममा भक्तपुर जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख प्रदिप खत्रीले अमेरिका जस्तो देशका भिट्टाहरुमा समेत नेपाली कलात्मक फर्निचरहरु सजिएको देखेर आफू गौरम्भावित भएको चर्चा गर्दै फर्निचरका सामग्री धुवानीमा देखिएका समस्याहरु सजिकरण गर्न आफू तयार रहेको बताउनु भयो । संघका सल्लाहकार विष्णुभक्त कुसीले स्थानीय फर्निचर व्यवसायीहरुले सामान धुवानी र कर सम्बन्धि बढी समस्या खेप्नुपरि रहेको चर्चा गरेको सो कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका श्यामसुन्दर श्रेष्ठ, भक्तपुर फर्निचर तथा फनिसिंङ्ग व्यवसायी संघका अध्यक्ष राकेश श्रेष्ठ. भक्तपुर डकर्मी संघका अध्यक्ष विष्णुप्रसाद दुमरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


संघका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको सो कार्यक्रममा संघका उपाध्यक्ष रामसुन्दर सुवालले स्वागत मन्तव्य, सचिव पुण्यराम न्हुछेले संघको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिल राजचलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । आगलागि जस्तो विपद्मा परेका वा विभिन्न रोगलागेर उपचार गर्नु परेका सदस्यहरुलाई अवस्था हेरी रु. ५ हजार देखि २० हजारसम्म आर्थिक सहयोग गर्दै आएको संघले सोमबार भएको बृहत्त भेलाबाट संघका अध्यक्ष विक्रम ढुकुछुको अध्यक्षतामै नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्य समितिको अध्यक्षमा विक्रम ढुकुछु सर्वसहमतिमा चयन भएका छन् भने उपाध्यक्षमा रामसुन्दर सुवाल, सचिवमा पुण्यराम न्हुछे, सहि सचिवमा कपिल दुवाल, कोषाध्यक्षमा सुनिल राजचल, सदस्यहरुमा विष्णु सुन्दर देसेमरु, राजकृष्ण कोजू, श्रीप्रसाद टुईटुई, कृष्णगोपाल चौगुठी, केशव हाकुदुवाल, बालगोपाल बनमाला, केदार कवां, दिपेन्द्र खाइजु, रमेश दुवालले सोमबार नै सपथ ग्रहण गरेका थिए ।














