२०८० वैशाख २० गते, बुधबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठसहितको अनुगमन टोलीले बुधबार नगरपालिका सभाकक्षमा भेट गर्यो । भेटमा उहाँहरुबीच स्थानीय तहको स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न सेवा, समूह, उपसमूहका पदहरुको पदपूर्ति तथा विविध विषयमा छलफल भयो ।नगर प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय तह आफैमा स्वायत्त र स्वतन्त्र संस्था भएको हुँदा स्थानीय तहलाई अधिकार सम्पन्न बनाई कर्मचारी भर्नाको अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।उहा“ले प्रदेश लोक सेवाबाट नियुक्त कर्मचारीहरु र सरुवा भई आएका कर्मचारीहरुको अवकाश पछिको निवृत्तिभरण वा उपदानलगायत अन्य सुविधा कसले व्यहोर्ने स्पष्ट हुनुपर्ने बताउँदै स्थानीय तहमा कर्मचारी प्रदेश लोक सेवाले पठाउने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन, २०५५ भन्दा प्रतिगामी रहेको र स्थानीय तहमाथि प्रदेशको हस्तक्षेपको रुपमा रहेको स्पष्ट पार्नुभयो ।स्थानीय सरकार भन्ने तर कर्मचारी जति प्रदेश लोक सेवा आयोगले पठाउने व्यवस्थाले स्थानीय जनताको भावनाअनुसार काम हुन नसक्ने बताउँदै स्वायत्तताको पूर्ण कार्यान्वयनको लागि कर्मचारी भर्नाको सम्पूर्ण अधिकार स्थानीय तहलाई नै दिनुपर्छ, उहाँले भन्नुभयो ।शिक्षकलाई तलब खुवाउने काम स्थानीय तहबाट हुँदै आए पनि त्यसको नियन्त्रण जिल्ला शिक्षा समन्वय इकाइमार्फत संघ सरकारले नियन्त्रण गर्न खोज्नु सिद्धान्ततः गलत भएको बताउँदै उहाँले शिक्षकलाई तलब खुवाउने र सरुवा, बढुवा गर्ने समेतको सम्पूर्ण अधिकार स्थानीय तहको हुनुपर्ने बताउनुभयो ।प्रमुख प्रजापतिले स्थानीय तहलाई संघ र प्रदेशको मातहतका ‘एकाइ’ जस्तो व्यवहार गर्नु संघीयताको मर्मविपरीत रहेको बताउनुभयो ।भेटमा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठले स्थानीय तहमा रिक्त दरबन्दीको विवरण पठाउन प्रदेश लोकसेवा आयोगबाट पटक पटक ताकेता भए पनि केही स्थानीय तहहरुबाट हालसम्म उक्त विवरण उपलब्ध नगराएको बताउनुभयो ।भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रदेश लोक सेवा आयोगका सदस्य शर्मिला न्यौपाने, टेकेन्द्र अधिकारी र राजुराज अर्याल, भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













