काठमाण्डौमा आज, नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान बारे पहिलो राष्ट्रिय गोष्ठी आयोजना

काठमाण्डौमा आज, नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान बारे पहिलो राष्ट्रिय गोष्ठी आयोजना
भक्तपुर, बैशाख २७ गते
नेपाल भाषा एकेडेमीले नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान बारे पहिलो राष्ट्रिय गोष्ठी काठमाण्डौमा आज आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा आज आयोजित सो गोष्ठिमा पुर्खाले सुम्पेर गएका विभिन्न ज्ञानहरु मध्ये प्रविधि र शिल्प ज्ञान विशेष रहेको भन्दै यस ज्ञानलाई सोढखोजमा मात्र सिमित नगरी यसलाई जीवन्तता दिन र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।


सो राष्ट्रिय गोष्ठि बौद्धिक र प्राज्ञिक भएको भन्दै गोष्ठिमा नेवाः काष्ठकला र शिल्प, खेति प्रणाली र बस्ती र दे योजना बारे विज्ञहरुले आआफ्नो प्रस्तुतीसँगै सहभागिहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
सो प्रस्तृतिमा इन्जिनियर सृजना प्रजापतिले नेवाः काष्ठकला र शिल्प, प्रध्यापक बुद्धरत्न डंगोलले खेति प्रणाली र ईन्जिनियर पद्मसुन्दर जोशीले बस्ती र दे योजना बारे प्रस्तुतीकरण गरेका थिए ।
सो अवसरमा नेपाल भाषा एकेडेमीका चान्र्सलर मल्ल के सुन्दरले नेवाः सभ्यता र ज्ञान मुल अवधारणा पत्र प्रस्तुत गरेको थियो ।