उपासनाले लगानी परियोजना सञ्चालन गर्ने घोषणा

उपासनाले लगानी परियोजना सञ्चालन गर्ने घोषणा
काठमाण्डौं, पुस २० गते
उपासना बहुउदेश्य सहकारी संस्था लि.ले आफ्नो दोस्रो वार्षिक साधारण सभाको अवसरमा लगानी परियोजना सदस्य अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । नेपाल चम्वर अफ कमर्शका केन्द्रीय उपाध्यक्ष दिपककुमार महत्ताराले साधारण सभाको उद्घाटन गर्दै सदस्यलाई प्रतिफल दिन सकिने गरी दीर्घकालिन, अल्पकालिन र मध्यकालिन योजनाहरु बनाएर सफल कार्यान्वन गर्न सकिने विचार ब्यक्त गर्नु भयो । संसारभर फैलिएको आर्थिक मंदिको भईरहेको र बैंकहरुलाई समेत समस्या भइरहेको बेला सदस्यको बचत संकलन गरी उदेश्य हासिल गर्न सकिने धारणा ब्यक्त गरे । ठूला योजनाका लागि धेरै सदस्यहरुबाट धेरै बचत संकलन गर्न आवश्यक हुने उल्लेख गर्दै नेपालमा घर जग्गा क्षेत्रमा गरेको कोरोबार कहिल्यै घाटा नहुने तर मनोमोहन अधिकारी र बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला केही प्रभावित भएको समीक्षा गर्दै उहाँले घरजग्गामा मात्रै लगानी गर्ने, घर जग्गा र अन्य क्षेत्रमा समेत लगानी गर्ने र आफ्नो पैसामा मात्रै लगानी गर्ने तीन किसिमका लगानी कर्ताहरु मध्ये घर जग्गा र अन्य क्षेत्रमा समेत लगानी गर्ने लगानीकर्ताहरु सफल रहेको बताए ।


संस्थाका अध्यक्ष रोशन भोयद्यको सभापतित्वमा भएको सो कार्यक्रममा विशेष अतिथी केपी अवालले सो अवसरमा योजनाबद्धरुपमा काम गर्यो भने सफलता हासिल गर्न सकिने बताउँदै हिमाल चढ्ने भए हिमाल चढ्न सकिन्छ, पहाद चढ्ने भए पहाद चढ्ने छ । योजनाबद्धरुपले लाग्नुपर्नेमा जोड दिए । समझदारी, सहकार्यबाट साना साना पूँजीलाई पनि ठूलो बनाएर आर्थिक समृद्धि र उन्नतिको लागि सहकारी अभियानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अतिथी अवालले अहिलेको समय परिस्थितिमा एक दुईबटा सहकारीमा देखिएको समस्याले सिंगो सहकारीमा प्रभाव पार्न सक्ने भएकाले सुरक्षित लगानीमा ध्यान दिएर समयपरिस्थिति अनुसार चल्नुपर्नेमा जोड दिनु भयो ।


संस्थाका सचिव रञ्जित मारिखुले वार्षिक प्रगति प्रतिवेदन सहित सदस्यवृद्धि र लगानी परियोजनाका योजनाहरु अनुमोदन गराएका थिए भने सो अवसरमा अध्यक्ष भ्योद्यले सदस्यको लागानीबाट समाजको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्न र देशको विकासमा टेवा पुर्याउन उपासना बहुउेदश्य सहकारी संस्था लि. काठमाण्डौका तीन वटै जिल्लाका प्रतिस्थित महानुभावहरुको सहभागितामा स्थापना भएको प्रकाश पारेका थिए ।

काठमण्डौको चावहिलमा भएको उक्त कार्यक्रममा रंजित मारिखु, दिपेश बहादुर धौबन्जार, अरनिको सिंह,रमेश बखाध्यो र मुक्ति सुन्दर जधारीले पनि बोल्नु भयको थियो ।