चीनद्वारा नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप उपलब्ध ।

चीनद्वारा नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप उपलब्ध ।

चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभयो । यस्तै, चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई थप ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्नेसमेत राजदूत यान्छीले बताउनुभएको छ । चीनले अहिलेसम्म नेपाललाई ३४ लाख डोज खोप अनुदानमा दिएको छ । त्यस्तै नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको छ ।