उदाउदो सूर्यलाई अर्घ दिएर छठ पर्व बिर्सजन ।

उदाउदो सूर्यलाई अर्घ दिएर छठ पर्व बिर्सजन ।

भक्तपुर, कार्तिक १४ गते
जन्मेको छ दिनमा छठी देवीले भाग्य लेख्ने विश्वासका साथ छटी माताको पूजा आरधाना गर्दै मनाईने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरेको छ । विशेष गरी भक्तपुरको कमलपोखरीमा छठ पर्व मनाएका समुदायले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गरेको आयोजक लक्ष्मण रौनियारले जनाएको छ । हिन्दुहरुको वडा दशै र तिहार पर्व पश्चात छ दिनसम्म छठ पर्व परम्परागत मूल्यमान्यता मनाउने चलन रहेको छ । सो चलन अनुसार आईतबार साँझ कमलपोखरीको डिलबाट अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सुरु गरेका हुन् । कामको सिलसिलामा आफ्नो जन्मथलो छोडेर भक्तपुर आसपास बसोबास गर्ने भक्तजनहरुले कमलपोखरीमा आएर छठ पर्व मनाएको आयोजक रैनियारले बताए ।


मनोकाक्षा पूरा गर्ने धार्मिक विश्वासका साथ छठको ६ दिनमा ४ दिन घर भित्र र २ दिन निदी, पोखरी, तलाउँको डिलमा अस्ताउँदो र उदाउदो सूर्यलाई अर्घ दिएरु छठ पर्व मनाउने चलन रहेको उहाँले बताए । नहाई खाईबाट सुरु भएर उदाउँदो सूर्यलाई केरासहित फलफूल र पूजा सामग्रीले अर्घ दिएर छठी पर्व सम्पन्न गर्ने चलन रहेको उहाँले बताए । छ दिन मनाईने भएकाले छठी पर्व भनियो सहभागि भक्तजनले जनाए । घरका जेठी महिलाले छठ पर्व मनाउन महिना दिन देखि छठ पर्वको आचरण मान्दै छठ पर्वमा विशेष ब्रत बस्ने चलन रहेको र विशेष भाकल गरेका मानिसले चैत्रे दशैसँगै चैत महिनामा मनाईने एक दिने छठ पर्व मनाउने चलन पनि रहेको भक्तजनहरु बताउँछन् ।
भक्तपुर छठ पर्व परिवारले छठी देवीको मुर्तिको छोपिएको आँखा खोलेर कमलपोखरीको डिलमा आईतबार साँझ छठ पर्व सुरु गरेका थिए । ब्रतालुहरुले रातभर जाग्राम बस्दै आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर एवं छठी देबीको मूर्ति बिर्सजन गरी छठ पर्व सम्पन्न गरेको आयोजक समितिले जनाएको छ । सो क्षेत्रमा बिगत १० वर्ष देखि छठ पर्व मनाउँदै आएको छ ।