४२ तःमुज्या भार्वाच्चोमा आज र भोली आयोजना हुने

४२ तःमुज्या भार्वाच्चोमा आज र भोली आयोजना हुने
भक्तपुर, असोज २१ गते
नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृतिक ब्वज्याको ४२ औं सृखला भक्तपुर नगरपालिका वडा नम्वर १ स्थित भार्वाच्चो, दुधपाटी बसपार्कमा आज र भोली दुई दिनसम्म हुने सम्मेलनको अन्तिम तयारी पूरा गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा आयोजना हुने सो सम्मेलन भाषा, साहित्य र संस्कृतिको उत्थान गर्ने र शोषित पीडित कामदार वर्गका जनतालाई आमूल परिवर्तनको निम्ति एकताबद्ध एवं संगठित गर्ने लक्ष्यका साथ तःमुज्या आयोजना भइरहेको छ । भक्तपुर नगरका टोल टोलमा आयोजना हुँदै आएको सो सम्मेलन सफल पार्न बिहिबार भार्वाच्चो गणेश मन्दिरबाट नासमना तोमढी, दरवार क्षेत्र, खौमा हुँदै दुधपाटीसम्म सुकुण्डा र्याली आयोजना गरेको थियो ।


हरेक वर्ष वडा दशैं मोहनी नखाःसँगै द्वादसी र त्रयदसीका दुई भक्तपुर नगरका विभिन्न टोलमा प्रस्तुत हुँदै आएको तःमुज्याको ४२ औं सृंखला पनि शुक्रबार दिउँसो १ बजे स्थानीय जेष्ठ नागरिकबाट उद्घाटन गराउने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष एवं भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनाएको छ । हरेक दिन दिउँसो १ बजे देखि साझ ८ बजेसम्म साहित्य वाचन र साँझ सांस्कृतिक प्रस्तृति गर्ने कार्यक्रम रहेको उहाँले बताए ।
जनता बाचे भाषा बाँच्छ भन्ने नाराका साथ आज भन्दा ४२ वर्ष सुरु भएको तःमुज्याले यसवर्ष नागरिकता विद्येयक, एमसीसी, एपीपीका सवालहरुलाई साहित्य र बक्ताहरुबाट दह्रो रुपमा प्रस्तुत हुने नेपाल भाषा साहित्य तःमुज्या मूल समितिका अध्यक्ष आशाकुमार चिकंबन्जारले जनाएको छ । समसामयिक राजनैतिक विषयवस्तुलाई साहित्य मार्फत जनताको राजनैतिक, सांस्कृतिक स्तर उकास्न तःमुज्या जनताको बीचमा जनताको सहयोगबाट सम्मेलन आयोजना गर्दै आएको उहाँले बताउनु भयो । निरन्तररुपले पानी परे पनि दर्शकहरुलाई नभिज्ने गरी वस्ने ठाउँको बन्दोवस्त गरेको बताउँदै उहाँले तःमुज्या नेवार समुदायको मात्र नभई सम्पूर्ण शोषिड पीडित कामदार वर्गका आवाज बुलन्द गर्ने दबुको रुपमा प्रस्तुत भइरहेको भन्दै यस वर्षको तःमुज्यामा पनि विभिन्न भाषा भाषिहरुको साहित्य र सांस्कृतिक झांकीहरु प्रस्तुत हुने बताउनु भयो । सो सम्मेलन सफल पार्न अतिथीहरुका लागि छुट्टै मञ्च र साँस्कृतिक प्रस्तुतिकालागि छुट्टै मञ्चको ब्यवस्था गर्नुका साथै दर्शकहरुलाई पानीबाट सुरक्षित हुने गरी टेन सहित बसेर हेर्न मिल्ने स्थान बनाएको छ ।