आदर्श आजाद माविमा दादुरा रुवेला खोप अभियान

आदर्श आजाद माविमा दादुरा रुवेला खोप अभियान
भक्तपुर, फाल्गुण १७ गते
आर्दश आजाद मावि तथा कलेज प्रांगणमै दादुरा रुवेला खोप केन्द्र सञ्चालन गर्दा हजारौ विद्यार्थीहरु लाभावित भएका छन् । राष्ट्रव्यापी रुपमा दादुरा रुवेला खोप अभियान सञ्चालन भइरहेकोक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ स्थित आदर्श आजाद माविको प्रांगणमा आज खोप केन्द्र सञ्चालन गरेको हो । खोप केन्द्रमा विद्यालयकै ६ सय भन्दा बढी बालबालिकाले खोप लिएको जानकारी दिदै विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसीले आदर्श आजादमै खोप केन्द्र सञ्चालन गर्दा विद्यालयका विद्यार्थी मात्र नभई छिमेकी विद्यालयका विद्यार्थीहरुले पनि खोप लिन पाएको बताउनु भयो । विद्यार्थीहरुमा आधारभूत खोपको सुनिश्चितताकालागि खोप अभियान प्रभावकारी भएको चर्चा गर्दै उहाँले विद्यालयमै नसिंङ सेवा समेत रहेकाले विद्यालयमा पढ्ने बालबालिकाको स्वास्थ्य सुरक्षा र उपचारमा पहुँचवृद्धि भएको बताउनु भयो ।


पहिला अज्ञानताका कारण भाडापखालाकै कारण पनि ज्यान जाने गरेको स्मरण गर्दै प्रधानाध्यापक किसीले अहिलेका मानिसहरुमा आएको सचेतना र विद्यालयमा नसिंङ सेवा भएसँगै अधिकास विद्यार्थीहरु स्वस्थ जीवनका साथ विद्यालय पढ्न पाइरहेको बताउनु भयो ।
कहिले काहि हुने खोप अभियानले अभिभावकहरु समेत विद्यालय आएर आफ्ना नानीबावुहरुलाई खोप दिने माहोल बनेको चर्चा गर्दै उहाँले यस्तो अभियान बेला बेला भइरहनुपर्नेमा जोड दिनु भयो ।
ख्वप अस्पतालका नर्स कृष्णेश्वरी लवजूले दैनिक आफ्नो नर्सहरुको टोलिले एक हजार बालबालिकाहरुलाई दादुरा रुवेला खोप दिइ आएको बताउनु भयो । १५ वर्ष मुनिका बालबालिकाहरुकालागि दिएको यो खोप सहित अन्य आधारभूत खोपहरु पनि बालबलिकाहरुलाई दिदै आएको उहाँले बताए ।


धेरै विद्यार्थी संख्या भएको विद्यालयहरुमा पुगेर खोप केन्द्र सञ्चालन गर्दै आएको उहाँले बताए । उहाँको टोलिमा ४ जना नर्सहरु रहेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरको समन्वयमा भक्तपुर नगरपालिका ख्वप अस्पतालको स्वास्थ्यकर्मीका रुपमा उहाँहरु पहिलो चरणमा विद्यालय विद्यालयमा खोप शिविर सञ्चालन गर्दै आएकोे र विद्यालयमा सम्पन्न गरेपछि समुदायस्तरमा पनि खोप अभियान लिएर जाने तयारी रहेको बताए ।