स्काउट शिक्षा मार्फत युवालाई दक्ष बनाउन एभान्स तालिम
भक्तपुर, जेष्ठ २१ गते
नेपाल स्काउट बागमति प्रदेशले एक हप्ते एडभान्स तालिम आयोजना गरेको छ । बागमति प्रदेशका १३ वटा जिल्ला मध्ये ८ वटा जिल्लाका ४० जना प्रशिक्षार्थीहरुकालागि ४५ औं र ४६ औं स्काउट एडभान्स तालिम आयोजना गरेको राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्यले जनाएको छ । स्थानीय स्काउट कार्यालय सूर्यविनायकमा आयोजित सो तालिमको आईतबार उद्घाटन गर्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले स्काउट शिक्षा मार्फत युवाहरुलाई नैतिकबान, अनुशासित, योग्य र दक्ष नागरिक बनाउन सकिने उदेश्यका साथ स्थानीय पालिकाहरुमार्फत विद्यालय विद्यालयमा स्काउट शिक्षा अनिवार्य गर्न थालेको बताउनु भयो । स्काउट शिक्षाबाटै युवालाई शिप र रोजगार वृद्धिका लागि उहाँले स्थानीय तहहरुको ध्यानाकषर्ण गराउनु भयो ।
नेपाल स्काउट बागमति प्रदेशका संयोजक शिवराम अर्यालको सभापतित्वमा भएको सो तालिम उद्घाटनको अवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईलाई स्काउटको दिक्षान्त शपथ गराएका थिए भने नवनिर्वाचित जनप्रतिनिधीहरु वडा नम्वर ७ र ८का वडाध्यक्ष रविन्द्र सापकोटा र पुष्राज बस्नेतलाई बढाई तथा शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा प्रमुख अतिथी भण्डारीले ४५ औ र ४६ औं स्काउट एडभान्स तालिमको कोर्षलिडरलाई कोर्ष प्रमाण पत्र हस्तान्तरण गरेका थिए । विश्व वातावरण दिवसको अवसर पारेर आयोजित तालिममा वृक्षा रोपण कार्यक्रम पनि आयोजना गरिएको थियो ।














