चिनिया“ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चा·शु भक्तपुर भ्रमणमा

चिनिया“ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चा·शु भक्तपुर भ्रमणमा
२०७९ भदौ २९ गते, बुधबार
नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चा·शुले बुधबार भक्तपुर भ्रमण गर्नुभएको छ । अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभयो ।
अध्यक्ष चा·शु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गर्नुभयो । प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।
अध्यक्ष चा·शुुले भक्तपुरको सम्पदाहरु अवलोकनबाट आफू प्रभावित भएको बताउनुहुँदै भक्तपुरमा स्वागत गर्नुभएकोमा भक्तपुर नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो । उहाँले चीनमा पनि सयौं वर्ष पुराना संस्कृतिहरु जीवन्त रहेको बताउनुभयो । उहाँले भक्तपुरको प्रख्यात भैल प्याखंलाई अत्यन्त चासो लिएर अवलोकन गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले लि झान्सुलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा पनियस्ता अवसरहरु प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
अध्यक्ष चा·शुलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरुले भक्तपुरमा स्वागत गर्नुभएको थियो ।
भ्रमणपश्चात टौमढीको डबलीमा अध्यक्ष ली चा·शुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चा·शुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।