भक्तपुरमा थप ३१६ कोरोना संक्रमित

भक्तपुरमा थप ३१६ कोरोना संक्रमित
भक्तपुर, माघ ११ गते
भक्तपुर जिल्लामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेहरुमा भक्तपुर नगरका १९ पुरुक्ष र २४ महिला गरी ४३ जना, चाँगुनारायण नगरका ३१ पुरुष र २४ महिला गरी ५५ जना, यसै गरी सूर्यविनायक नगरका४८ पुरुष र ४२ महिला गरी ९० जना र मध्यपुर थिमी नगरका ५१ पुरुष र ३९ महिला गरी ९० जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ पुरुष र २१ म्हिला गरी ३८ जना सम्पर्कविहिन अवस्थामा रहेको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ ।