इन्द्रजात्राको अवसरमा सिद्धपोखरीमा दिपावली, इन्द्रयणीको जात्रा पनि
भक्तपुर, भाद्र २४ गते
इन्द्र जात्राको अवसरमा आज साँझ भक्तपुरको इन्द्र दहकोरुपमा परिचित सिद्ध पोखरीमा दिपावली गरेको छ । इन्द्रेयणी देवीको खत जात्रा सहित सिद्ध पोखरीमा विशेष चाडको रुपमा यो पर्व मनाएको हो । हिजो आज र भोली गरी तीन दिनसम्म यो पर्व मनाउने परम्परा रहेको स्थानीय विनोद चरण रायले जनाएको छ । गुठीश्रोताको अभावमा स्थानीयको सहयोगले इन्द्रेयणीको नयाँ खट बनाएर यस वर्ष जात्रालाई व्यवस्थित गरको भए पनि रञ्जितकारहरुबाट ल्याउनुपर्ने लाखे नाँचको भने अभावै रहेको उहाँले बताए । इन्द्रेयणीको खत अगाडी लाखे नाच नचाउने, तालाको र भावार्चामा बली चढाउने परम्परा रहे पनि यसको जिम्मेवारी लिने समुदाय खडा नहुँदा मल्लकाल देखि चल्दै आएको परम्परा जोगाउन मुस्किल परेको उहाँले बताए । आज राती सिद्ध पोखरीमा इन्द्रेयणीलाई विराजमान गराई भोली विशेष पूजाका साथ इन्द्रेयणी द्योछें खौमासम्म जात्रा गर्ने परम्परा रहेको इन्द्ेयणी सरोकार समाजका सहसचिव राध्येश्याम सैंजूले जनाएको छ । खौमामा मात्र इन्द्र जात्राको अवसरमा २ वटा योम द्यः ठर्याउने परम्परा रहेपनि हाल एउटा मात्रै खौमा गेटसँग उठाउँदै आएको सैंजूले बताए ।
सहकाल र वर्षाका देवताको रुपमा रहेको इन्द्रको राजकीय देवीको रुपमा इन्द्रेयणीलाई पूजा आरधाना गर्दै यस वर्षका लागि वर्षा पुग्यो भन्ने सन्देशका साथ इन्द्रेयणीलाई पूजा गर्ने परम्परा रही आएको अर्का जात्रा व्यवस्थापक गोविन्द मल्लले जनाएको छ ।
यसै बीच तुछिमलाका समुदायले इन्द्रजात्राको अवसरमा भैरवको मुखबाट छ्याङको धारा चढाउने चलन रहेको छ । सो छयाङलाई प्रसादको रुपमा भक्तजनहरुले लिने परम्परा रहि आएको छ ।














