चनपाको विकास निर्माण र संभावनामा पत्रकार अन्तरक्रिया

चनपाको विकास निर्माण र संभावनामा पत्रकार अन्तरक्रिया
भक्तपुर, कार्तिक ११ गते
चाँगुनारायण नगरपालिकाको विकास निर्माण र संभावना विषयमा आज पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विश्व सम्पदामा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिर देखि पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेको नगरकोट समेत रहेको चाँगु नगरका संभावना र चुनौतीहरुलाई केलाउँदै आज राष्ट्रिय सञ्चार केन्द्र नेपालले नगरपालिकाको सहयोगमा सो कार्यक्रम आयोजना गरेको केन्द्रका प्रमुख पेसलआचार्यले जनाएको छ।


नगरप्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा भएको सो अन्तरक्रियामा चाँगु क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाई, शहरी विकास, विपद् प्रतिकार्य, न्याय सम्पादन देखि बन सम्पदा र खानेपानी श्रोत संरक्षण सहितका विषयहरुमा छलफल गरेका थिए । सहभागि पत्रकारहरुले उठाएका विषयहरुमा उप्रमुख रमेश बढाथोकीले सहजीकरण गर्दै राजनैतिक प्रभावले गर्दा सोचे अनुसार कार्य सम्पादन गर्न नसकेको स्वीकार्दै आफूहरुले निश्पक्षरुपमा चाँगु क्षेत्रको विकासकालागि लागि परेको बताए । वडाध्यक्ष सोम प्रधान, श्यामकृष्ण नायजू श्रेष्ठ र धनबहादुर तामाङगले पनि बन सम्पदा र वातावरण संरक्षण, विपद् प्रतिकार्य एवं पर्यटकीय क्षेत्रको प्रवर्धनकलागि भइआएका गतिविधिहरु बारे प्रकाश पारेका थिए ।