अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९ असार ११, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, COPOMIS र goAML” विषयक सिद्धि गणेश तालिम हलमा खँचा, भक्तपुमा नगरस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरमा समुदायमा आधारित र सदस्य केन्द्रीत भई संचालन भइ कसहकारी संस्थाहरु संचालनमा रहेकोले सहकारीको सही मोडेल रुपमा परिचय दिन सफल भएको बताए । सहकारीको शुसानका लागि जारी ३५ बुँदे निर्देशन, COPOMIS र goAML ले सहकारी संस्थालाई अझ सुशासित हुन, सहकारीको तथ्यांकलाई सुव्यवस्थापन गर्न र सहकारीको सम्पत्ती शुद्धिकरण निवारणका व्यवस्थाहरु अनलाइन मार्फत प्रविेदनहरु पेश तथा अद्यावधी गर्न मद्दत गर्ने भएकोले सम्पूर्ण सहकारी संस्थाले कार्यान्वनमा लानुपर्ने विचार व्यक्त गर्नु भयो । वहाँले जसरी भक्तपुर नगरपालिकाले ख्वप मोडेलको उदाहरण बन्न सक्यो त्यसरी नै सहकारी क्षेत्रमा पनि भक्तपुर नगरपालिका सहकारीहरु नमुना बन्नको लागि समेत शुभकामना व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्दै निर्देशन सकारात्मक रहेको बताउनुभयो । निर्देशनमा हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिकाबारेमा प्रस्तुत गर्नुभयो । साथै GoAML मा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रबद्र्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले सकारात्मक सोचका साथ कोपमिस र GoAML सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति संघका सचिव एवम् उपसमितिका जगनाथ प्रजापतिले कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निदेशन, कोपमिस र GoAML मा आबद्ध हुनु अनुरोध गनुभयो । हाल सहकारीमा सुशासनकै अभावमा संचालकले घर जग्गामा लगानी, संचालकको स्वार्थ र कर्मचारीको बदमासीले समस्याहरु देखिएको छ । ती समस्याले गर्दा सहि ढंगले संचालन गरेका सहकारीलाई पनि लजित र अविश्वासको वातावरण सिर्जना हुनेतर्फ सचेत गराउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य अनिल कुमार सुवालले गर्नुभयो । अन्र्तक्रिया कार्यक्रममा भक्तपुर नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १२४ जनाको सहभागिता रह्यो । कार्यक्रमको संचालन उपसमितिका सदस्य राजन जतिले गर्नुभयो ।














