फेरी बढ्यो भक्तपुरमा संक्रमित, २,२८७ कोरोना मुक्त
काठमाण्डौ, भाद्र २३ गते
पछिल्लो २४ घण्टाभित्र २ हजार २८७ जना संक्रमितहरु कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार १० हजार ६११ जनाको पीसीआर परीक्षण गर्दा ९०२ जना पोजेटिभ देखिएको छ । देशभर ९०२ जना कोरोना संक्रमित भएकाहरुमा भक्तपुरका ५८जना परेका छन् । काठमाण्डौ उपत्यकामा ३९६ जना संक्रमित भएका मध्ये काठमाण्डौका ३०० जना, भक्तपुरका ५८ जना र ललितपुरका ३८ जना संक्रमित भएका हुन । अहिले कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । त्यस मध्ये ३२ हजार ९६४ जना कोरोना मुक्त भइसक्दा निको हुने दर ६८.५ प्रतिशत पुगेको छ । संक्रिमतहरु निको हुनेक्रम बढे पनि थप संक्रमित हुनेको संख्यामा भने कमी आउंन सकेको छैन ।
अहिले देशभर १४ हजार ८६८ जना सक्रिय संक्रमितहरु रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार आइसोलेसनमा १४ हजार ८६८ जना उपचारमा छन् भने क्वारेन्टिनमा ५ हजार ३१० छन् । मंगलबार थप ६ जनाको मृत्यु हुँदा कोरोना संक्रमित भई मृत्यु भएकाको संख्या ३०६ पुगेको छ । १ महिला सहित मंगलबार मृत्यु भएका ६ जनाहरुमा काठमाण्डौका ८० वर्षीय एक महिला, ८५ वर्षीय एक पुरुष, सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष र कपिल बस्तुका ६२ वर्षीय पुरुष रहेका हुन । कोरोना संक्रमित १४४ जना आइसीयू र २३ जना भेन्टिलेटरमा छन् ।
मंगलबार संक्रमित ९०२ जना ४६ वटा जिल्लाका हुन भने हाल मोरंग, सुनसरी, धनुसा, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देही जिल्लामा ५ सय भन्दा बढी संक्रमितहरु उपचारमा रहेका छन् भने ताप्लेजुंग, मनांग, मुुस्तांग, डोल्पा, मुगु र हुम्ला गरी ६ वटा जिल्लाहरु भने कोरोना सून्य जिल्ला रहेका छन् ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














