मथिनपा १ र २ को अन्तिम मतपरिणाम
भक्तपुर, जेष्ठ १ गते
मध्यपुर थिमि नगरपालिका वडा नम्वर १ र २को अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा रुखका उम्मेदवारहरुले विजय गरेको छ । मथिनपा १मा १७०६ मतका साथ रुखले विजयी गरेका हुन । निकतम प्रतिद्वन्दी सूर्यले १२९० मत प्राप्त गरेका थिए । सो वडामा महिला सदस्य, दलित महिला सदस्य र सदस्यमा क्रमस १७२४,१६८६ र१६०६ मतका साथ रुख विजयी भएको थियो भने अर्को सदस्य पद्मा १३४३ले सूर्यको जितेको छ । गठबन्धनमा रहेको गोलाकारभित्रको हंसिया हथौडामा सो पद्मा ८९१ मात्र प्राप्त गरेको थियो ।
यता मथिनपा २मा गठबन्धनको रुखले ९८८ मतका साथ विजय गरेको छ । सो वडामा ९२२, ९००, ९८१ मतबाट सूर्य सदस्यमा जितेको छ भने ८३१ले अर्को सदस्य पद्मा रुखले जितेको छ।
मथिनपमा १मा कुल २०९२ मतमा २०६६ मत सदर र २६ मत बदर भएको थियो भने २मा ३५०८ मत ४५ मत बदर भई ३४६३ मत मात्र सदर भएको थियो ।














