बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख सम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारको निर्णय ।
सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख सम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।
यस्तै, सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको हो । बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...












