सकियो नयाँंवर्ष साइकल यात्रा
काठमाडौ । हरेक महिना साइकल यात्राको आयोजना गर्न सुझाबका साथ नयाँंवर्ष साइकल यात्रा शनिबार भक्तपुरमा सकिएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा साइकल यात्रा भएको हो ।
यात्रामा कुल १३ जनाको सहभागिता रहेको थियो । पाँंच जना विद्यार्थी र आठ जना प्राध्यापकहरुले यात्रामा सहभागिता जनाएका थिए । यसमा दुई जना छात्रा थिए ।
यात्रा विहान साढे ६ बजे ख्वप कलेज देकोचा भक्तपुरबाट सुरु भएको थियो । यात्रा कलेजबाट भक्तपुर नगर हुँदै
टौमढी पुगेर सूर्यविनायक पुगेको थियो । सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलस्थित सिम्पानी रेस्टुरेन्टमा ब्रेकफास्ट लिएर समापन भएको थियो । त्यहाँंबाट पुनः कलेज फर्केको थियो ।
समापनमा कलेजका प्रा.डा.पुरूषोत्तमलोचन श्रेष्ठले आफ्नो लुकेको सांगितिक प्रतिभा प्रस्फुटन गरे । जीवनभर प्राध्यापनमा व्यस्त उनले माउथ अर्गानमा राजमति कुमतिको नेपाल भाषाको धुन बजाएर सहभागी सवैलाई मनोरञ्जन गराए ।
इात्रामा सहभागी साइकल यात्रीहरूले हरेक महिना साइकल यात्राको आयोजना गर्नुपर्ने कुरामा जोड दिए । साइकल यात्रामा सबैले उत्साहका साथ सहभागी भएको अनुभव सुनाए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













