भक्तपुर औद्योगिक तथा व्यापार मेलाको पाचौं दिनसम्म १ करोडको कारोबार
भक्तपुर । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांकृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको छ । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू छन् ।
‘फेशन तथा नृत्य, औधोगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने ।
भक्तपुरमा संचालन भइरहेको व्यापार मेलामा करिब १ करोड रुपैयाँ बराबरको आयोजकले जानकारी दिएको छ । छैठौं औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको (आज) सोमबार पाचौं दिनसम्म आइपुग्दा १ करोड रुपैयाँको आर्थिक कारोबार भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताए ।
भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला वैशाख ४ सम्म हुनेछ । जसमा २ सयभन्दा बढी स्टल रहेका छन् । १० दिने मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ भने करिब ८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
Featured Posts – Style 1
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्न
2024-05-19 Comments Off on भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्नभक्तपुर । २०८१ जेठ ६ गते, आइतबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)...
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष
2024-05-19 Comments Off on भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष(६ जेठ, २०८१)आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...
दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रम
2024-05-19 Comments Off on दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रम
दुर्घटना न्यूनीकरणका लागि चालक÷परिचालक प्रशिक्षण कार्यक्रमभक्तपुर ःसवारी दुर्घटना र यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ आइतबार भक्तपुरमा चालक÷परिचालकहरुलाई...
अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन
2024-05-19 Comments Off on अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन
अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन२०८१ जेठ ६, आइतबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित०ले आज ख्वप...
भनपा–१० स्थित बेखाल टेबुलटेनिस कभर्ड हल उद्घाटन
2024-05-19 Comments Off on भनपा–१० स्थित बेखाल टेबुलटेनिस कभर्ड हल उद्घाटन
भनपा–१० स्थित बेखाल कभर्ड हल उद्घाटन मिति २०८१ जेष्ठ ५ गते शनिबार । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित बेखाल टेबुलटेनिस हल उद्घाटन...