नीतिगत भ्रष्टाचारले सामाजिक संघ संस्थाका सेवाप्रवाह प्रभावित रहेको भक्तपुरका सरोकारवालाहरुको भनाई !

नीतिगत भ्रष्टाचारले सामाजिक संघ संस्थाका सेवाप्रवाह प्रभावित रहेको भक्तपुरका सरोकारवालाहरुको भनाई !
भक्तपुर, मंसिर २१ गते

नीतिगत भ्रष्टाचारले सामाजिक संघ संस्थाका सेवाप्रभाह प्रभावित रहेको भक्तपुरका सामाजिक संघ संस्थाका प्रतिनिधीहरुले औल्याएका छन् । सामाजिक संघ संस्थामा जिम्मेबारीता, जवाफदेहीता र पारदर्सिता एवं समस्या र गुनासाहरुको सुनुवाईका लागि आइतबार भक्तपुरमा टन्सपरेन्सि इन्टरनेशनल नेपालले आयोजना गरेको छलफल कार्यक्रममा सहभागि प्रतिनिधीहरुले संघ संस्था दर्ता, नविकरण लगायत सामाजिक सेवा प्रवाहमा विभिन्न समस्या झेल्नुपरेको गुनासो गरेका हुन । सहज रुपमा नीतिसंगतरुपले सेवा नपाउनु नै एक किसिमको अनियमिता हो, यसले गर्दा जिल्लामा दातृ निकायको सहभागितामा आकर्षण्न नभएको समेत सहभागिहरुले गुनासो गरेका छन् ।

गैर नाफामुखी संस्थाको रुपमा सञ्चालित सामाजिक संघ संस्थाहरु आफैले सहज रुपले सरकारी निकाय एवं स्थानीय तहबाट समेत सेवा लिन गाह्रो र ढिलासुस्ती भइरहेको उल्लेख गर्दै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जतिले कानुनी एवं नीतिगत रुपमा हुने त्यस्ता बेतिथीहरुलाई नीतिगत भ्रष्टाचार नै भन्नुपर्नेमा जोड दिनुभयो । लघु घरेलु उद्योगमा ४ हजारको सरकारी छुट पाउन १० हजार खर्चनुपर्ने बाध्यता रहनु नै नीतिगत भ्रष्टाचार भएको अध्यक्ष जतिले प्रष्ट्याउनु भयो । गैसस भक्तपुरका कार्यबाहक अध्यक्ष जयराम थापाले संस्थाको दर्ता नविकरणमा आफूले अनेक समस्या झेल्दै आएको स्मरण गर्दै मालपोत र नापि कार्यालयहरुमा झन यस्ता समस्याहरु रहेको उल्लेख गर्नु भयो । छलफलमा रेडक्रस भक्तपुरको तर्फबाट सञ्चार संयोजक धर्मराज कार्कीले टन्सपरेन्सी इन्टरनेशनलले हालै प्रकासित गरेको भ्रष्टाचार सम्बन्धि प्रतिवेदनले सनसनि फैलाइरहेको उल्लेख गर्दै त्यस्ता अनियमिततालाई रोकथाम गर्ने विधि र प्रकृया बारे छलफल हुनुपर्नेमा जोड दिनु भयो । समानताका लागि आवाजका सुरेशराज भण्डारीले सामाजिक संघ संस्थालाई विधि सम्बत रुपले सञ्चालनका लागि पहल हुनुपर्नेमा जोड दिनु भयो ।


सुरुवातका निर्देशक राजेश दिदियाले जिम्मेबारीता र जवाफदेहीताका सवालमा सरकारी निकाय आफै प्रष्ट हुनुपर्ने उल्लेख गर्दै मुलुकका ७१ जिल्लामा थप पहलका लागि आफ्नो संस्थाले पनि भूमिका खेल्न तयार रहेको बताउनु भयो । सिद्धि स्मृति प्रतिष्ठान, सिद्धि स्मृति महिला तथा बाल अस्पताल भक्तपुरका निर्देशन  अनिल राजभण्डारीले अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि गैससको आधिकारीक  निकाय आवश्यक भएकोमा जोड दिन्दै यस्तो जिम्मेबारीता बहन गर्ने व्यक्ति आफै सक्षम हुनुपर्नेमा जोड दिनु भयो ।
सामाजिक अभियान्ता एवं यूसेफ नेपाल सानो ठिमीका कोषाध्यक्ष कृष्णेश्वरी हाडाले सार्वजनिक सुनुवाई लगायत विभिन्न सेवाप्रवाहमा राजनीतिकरण भइरहेको विश्लेषण गर्दै आलोचना प्रत्यालोचना गर्नु भन्दा आफ्नो आंगान पहिला सफा राख्न ध्यान दिनुपर्ने बताउनु भयो ।
टिआई नेपालका कानुन अधिकृत दिनानाथ भट्टराईले कार्यक्रममा सहजीकरण गर्दै सामाजिक सेवामा देखि रहेका कमिकमजोरीलाई सरोकारवाला निकाय बीच छलफल गर्दै क्रमिक सुधार गर्न सकिने विचार व्यक्त गर्नु भयो । नागरिकलाई सेवा दिन खोलिएका सहायता कक्ष आफै प्रभावकारी नभएको गुनासो आइरहेको पनि उल्लेख गदै त्यस्ता निकायलाई थप जिम्मेबार र जवाफदेही गराउन आवश्यक रहेको बताउनु भयो । विश्वभरको भ्रष्टाचारको सूचीमा नेपालको प्रतिवेदन बनाउन टिआई नेपालले भूमिका नखेलेकोे उल्लेख गर्दै सो प्रतिवेदन बर्लिनको अन्तर्राष्ट्यि टन्सपरेन्सी इन्टरनेशनले गरेको स्वअध्ययनको निकर्ष रहेको बताउनु भयो ।
कार्यक्रममा टिआई नेपालका भक्तपुर जिल्ला अधिकृत जुनु ढकालले सहजिकरण गर्नु भएको थियो ।